१२ मंसिर, काठमाडौँ।
नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को डिजिटल स्ट्रिमिङ अधिकार डिशहोमले प्राप्त गरेको छ । यो साझेदारी अन्तर्गत, डिशहोमले नेपालका क्रिकेट प्रेमीहरूलाई एनपीएल २०२४ का सबै म्याचहरू प्रत्यक्ष रूपमा डिशहोम गो एप र एक्सन स्पोर्टस एचडी नामक यूट्यूब च्यानलमा प्रशारण गर्नेछ ।
NPL 2024 Live Streaming
कम्पनीको यो पहलले नेपालका सबै क्रिकेट प्रेमीहरूले सहज रुपमा एनपीएल २०२४ का सम्पुर्ण खेलहरु नेपाल भित्र जुनसुकै स्थान वाट सहज रुपमा हेर्न सकिनेछ ।
डिश मिडिया नेटवर्क लिमिटेड नेपाली क्रिकेटको विकासका लागि सहयोग र प्रेरणा प्रदान गर्न सधैँ तत्पर रहेको डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले वताउनुभएको छ ।
एनपीएल २०२४ को डिजिटल स्ट्रिमिङ अधिकारको प्राप्ति ठूलो उपलब्धि भएको र यो साझेदारीले नेपाली क्रिकेटलाई नयाँ उच्चाईमा पुर्याउन मद्दत गर्नका साथै देशभरिका क्रिकेट प्रेमीहरूलाई एकै स्थानमा जोड्ने विश्वास कम्पनीले लिएको मानन्धरले वताउनुभयो ।”
एनपीएल २०२४ मा विराटनगर, चितवन, जनकपुर, कर्णाली, काठमाडौं, लुम्बिनी, पोखरा, र सुदूरपश्चिम गरी ८ फ्रेनचाइज टिमहरूले राउन्ड–रोबिन फर्म्याटमा प्रतिस्पर्धा गर्नेछन् । कुल ३२ खेलहरूको रोमाञ्चक याक्रा, त्रिवि त्रिकेट मैदानमा सम्पन्न हुनेछ ।
डिशहोम सँगको यो साझेदारी, नेपालमा क्रिकेटको नयाँ युगको सुरुआत हो र नेपाली क्रिकेटको भविष्य उज्जवल बनाउनको लागि सशक्त कदम पनि हो । साथै, यस साझेदारीले डिशहोमलाई नेपाली क्रिकेटको उत्साह र समर्थन अझ सशक्त बनाउन नयाँ मार्गदर्शन प्रदान गरेको छ ।
एनपीएल को पहिलो सिजन १५ मङ्सिरदेखि ६ पौष २०८१ सम्म (३० नवम्बर देखि २१ डिसेम्बर २०२४) हुँदैछ ।
डिशहोम, नेपालको अग्रणी टेलिभिजन र इन्टरनेट सेवा, तथा डाटा सेन्टर सेवा प्रदायक कम्पनी, सधैं नेपाली खेलकुद र क्रिकेटको विकासमा साझेदार बन्न प्रतिबद्ध रहँदै आएको छ ।
For more: NPL 2024 Live Streaming