११ फागुन २०७६, काठमाडौं । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रा. लि.ले 100g अप्टिकल नेटवर्क बिस्तार गरेको छ । यसका लागि कम्पनीले नोकिया संग सहकार्य गरेको हो । समयको माग र ग्राहकहरुलाई उच्चतम सेवा प्रदान गर्नका निमित्त सुबिसुले आफ्नो सेवा १०० जिमा बिस्तार गरेको हो । यसबाट उपभोक्ताले आफ्नो bandwidth 1Gbps सम्म विस्तार गर्न सक्नेछन् । यसको थालनी सँगै उपभोक्ताले high speed internet / high definition Internet protocol Television (IPTV) को सेवा लिन सक्नेछन् ।
यस कार्यले नेपाल सरकारको ‘डिजिटल नेपालको’ कार्यक्रमलाई सेवा पु¥याई उच्चतम प्रविधिको प्रयोग द्घारा सम्पूर्ण देशलाई नै सामाजिक एवम् आर्थिक विकास तिर अग्रसर गराउन टेवा पुर्याउने विश्वास लिइएको छ ।
देशको ११ वटा स्थानमा नोकिया को 1830 photonic service switch (PSS) , Dense wavelength division Multiplexing (DWDM) राखिएको छ । यस बाट ग्राहकको उच्चतम र गुणस्तरीय सेवाको मागलाई पुर्ती गर्नु सँगै सँगै सुबिसुले १००G service प्रदान गर्न सक्नेछ । नोकियाका बिनिस बावाले यस बाट नेपालका ग्राहक एवं व्यवसाय सबैले फाइदा लिन सक्ने र नेपालको संचार प्रबिधिको क्षेत्रमा यो महत्तवपुर्ण कदम रहेको बताएका छन् ।
आफ्ना ग्राहकलाई उच्च स्तरीय सेवा प्रदान गर्ने उद्देश्य लिएको सुविसुले यस कदम बाट सम्पूर्ण ग्राहक एवं व्यावसायले राम्रो प्रतिफूल प्राप्त गर्ने विश्वास लिइएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय मोहन साउदले यसको थालनी सँगै ग्राहकको बदलिदो मागलाई सजिलै सँग पूरा गर्न सकिने र आगामी दिनहरुमा पनि सेवा बिस्तारमा कुनै समस्या नआउने उल्लेख गराउनु भएको छ ।