जुनसुकै देशमा निर्वाचन बाहेक अन्य विकल्प नै छैन् : आयुक्त भण्डारी
५ चैत, काठमाडौँ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन गर्न बाहेक अरू विकल्प नभएको बताएका छन् ।
समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान कार्यक्रम पछि बोल्दै आयुक्त भण्डारीले भड्किएका मुलुकलाई अनुशासन र लयमा समेट्न निर्वाचन गर्ने बाहेक अरू विकल्प नभएको हुन् ।
उनले भने, ‘निर्वाचन बाहेक अरू विकल्प नभएकाले भड्किएका मुलुकले अनुशासन र लयलाई एउटा लयभित्र समेट्न निर्वाचन गर्नुबाहेक अरू विकल्प नभएको हो । निर्वाचन हुनैपर्ने भएकाले पूराना र नयाँ दललाई आग्रह गर्दै निर्वाचन सम्पन गरौं ।’
भदौको अन्तिम हप्ता घोषणा गरेको निर्वाचन असोज र कार्तिकमा पनि हुन्छ कि हुँदैन भनेलगायतका पेचिलो विषय रहेको उल्लेख गर्दै उनले तर निर्वाचन गर्न सफल भएको सुनाए । उनले नयाँ, पूराना शक्तिलाई एउटै टेबलमा बसेर संवाद गर्ने सकिने वातावरण बनाएको पनि बताए ।
उनले भाद्र २३ २४ भएको विद्रोहपछि संविधानको संरक्षण गर्ने प्रयोजनका लागि राष्ट्रपतिबाट घोषण गरेको निर्वाचन र अति कठिन परिस्थतिबाट निर्वाचन हुन्छ वा हुँदैन, गर्न सकिन्छ वा सकिँदैन लगायतका पेचिलो विषयलाई न्यूनिकरण गर्दै निर्वाचन गर्न सफल भएको बताए ।
For More:-No Alternative To Elections


