एनएमबी बैंकको कार्ड सेवा अस्थायी रूपमा अवरुद्ध हुने
१२ कात्तिक २०८२, काठमाडौं ।
एनएमबी बैंक लिमिटेडले आफ्नो कार्ड सिस्टममा आवश्यक मर्मतसम्भार कार्य गरिने भएकाले केही सेवा अस्थायी रूपमा अवरुद्ध हुने जनाएको छ।
बैंकका अनुसार २०८२/०७/१४ गते शुक्रबार साँझ ८:०० बजे देखि २०८२/०७/१५ गते शनिबार दिउँसो ४:०० बजे (31st October 2025, Friday 08:00 PM to 1st November 2025, Saturday 04:00 PM) सम्म कार्ड सम्बन्धित सबै सेवाहरू सञ्चालनमा प्रभाव पर्नेछ।
यो अवधिमा ग्राहकलगायतले प्रयोग गर्दै आएका कार्ड, एटीएम, पीओएस तथा ई–कमर्श सेवाहरु सुचारु रूपमा उपलब्ध नहुने बैंकले जानकारी दिएको छ।
बैंकले मर्मत कार्यका कारण ग्राहकहरूले अनुभव गर्नुपर्ने असुविधाका लागि क्षमा पनि मागेको छ। साथै, यस समयमा मोबाइल बैंकिङ तथा वैकल्पिक भुक्तानी माध्यमको प्रयोग गर्न ग्राहकहरूलाई अनुरोध गरेको छ।
एनएमबी बैंकले सेवा सुधार र सुरक्षा सुदृढीकरणका लागि निरन्तर रूपमा आवश्यक प्रविधि अपडेट गरिरहेको उल्लेख गरेको छ।
थप जानकारीका लागि बैंकले ०१–५१९९५०० मा सम्पर्क गर्न अनुरोध गरेको छ।
For More:-NMB Bank Card Services Down

