एनएमबि बैंकद्वारा रुपन्देहीको तिलोत्तमा पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न

NMB Bank CSR Tree Plantation
Share It On:

१७ साउन, काठमाडौं।

एनएमबि बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकास्थित तिलोत्तमा पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको उद्घाटन एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) गोविन्द घिमिरेले बिरुवा रोपेर गर्नुभयो। उहाँले एनएमबि बैंकले दिगो विकासलाई प्राथमिकता दिंदै वातावरणमैत्री बैंकिङ अभ्यासहरूलाई अगाडि बढाइरहेको जानकारी दिनुभयो।

करिब २०० वटा फलफूलका बिरुवा रोपण

कार्यक्रममा ड्र्यागन फ्रुट, अम्बा, आँप, लिची, कटर लगायत करिब २०० वटा फलफूलका बिरुवाहरू रोपिएको बैंकले जनाएको छ।

दिगो अर्थतन्त्रलाई प्राथमिकता

कार्यक्रममा बोल्दै घिमिरेले जलवायु परिवर्तनका असरहरूलाई ध्यानमा राख्दै एनएमबि बैंकले सातै प्रदेशमा वृक्षारोपण तथा वातावरण संरक्षणका अभियानहरू सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो। उहाँले ‘ग्रीन इकोनोमिक्स’ वा दिगो, समावेशी र वातावरणमैत्री अर्थतन्त्रलाई प्राथमिकता दिँदै बैंकले सबै बैंकिङ कारोबार तथा कर्जा लगानीहरू सञ्चालन गरिरहेको जानकारी दिनुभयो।

स्थानीय तहबाट पनि प्रशंसा

तिलोत्तमा वडा नं. ६ का अध्यक्ष गणेश पाठकले एनएमबि बैंकको वृक्षारोपण प्रयासप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहकार्यको अपेक्षा राख्नुभयो।

तिलोत्तमा पार्कका अध्यक्ष दीपक पाठकले पार्कलाई उत्कृष्ट र सबैको आकर्षणको केन्द्र बनाउने अभियानमा लागेको जानकारी दिँदै एनएमबि बैंकप्रति आभार व्यक्त गर्नुभयो।

२०२ शाखा, १८७ एटीएममार्फत सेवा

एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरू, १८७ एटीएमहरू तथा ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय वित्तीय सेवा प्रदान गरिरहेको छ।

For more: NMB Bank’s CSR Tree Plantation


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts