एनएमबि बैंकलाई एसिया प्यासिफिक डब्लुईपीएस अवार्ड

NMB Bank WEPs Awards 2024
Share It On:

२१ मंसीर, काठमाडौं ।

एनएमबि बैंकलाई २०२४ को डब्लुईपीएस एशिया–प्यासिफिक युएन वूमन अवार्ड अन्तर्गत लैङ्गिक समावेशी कार्यस्थल कायम गर्ने पहललाई सम्मान गर्दै यो विशेष अवार्ड प्रदान गरेको छ । यो सम्मान लैङ्गिक समानता र सामाजिक समावेशीकरण प्रवर्दन गर्ने एनएमबि बैंकको पहलहरूको सम्मान स्वरुप प्राफ्त गरेको अवार्ड हो ।

NMB Bank WEPs Awards 2024

युएन वूमन र युएन ग्लोबल कम्प्याक्टद्वारा कार्यस्थल, बजार र समुदायहरूमा महिला सशक्तीकरण गर्दै लैङ्गिक समानता प्रवर्द्धनका लागि विश्वव्यापी मापदण्डहरू निर्धारण गरेको छ ।

एनएमबि बैंकले ती विश्वव्यापी मापदण्डहरू कार्यान्वयन गर्नकालागि बैंकको तर्फबाट सक्दो प्रयास गरेको छ । ती प्रयासहरुमा She Leads Tomorrow Scholarship, NMB NextGen Banking Leaders Scholarship, महिलाको नेतृत्वमा सबै महिला कर्मचारीद्वारा सञ्चालीत शाखाहरू, महिला नेतृत्व विकाशका कार्यक्रमहरू र सामाजिक समावेशीकरणमा केन्द्रित सीएसआर  गतिविधिहरू रहेका छन् ।

यस अवार्डले एनएमबि बैंकलाई विश्व बजारमा डब्लुईपीएस अन्तर्गतको UN Women द्वारा मान्यता प्राप्त पहिलो नेपाली संस्थाको रूपमा उभ्याएको छ । एसिया प्यासिफिक देशका ६०० भन्दा बढी आवेदक संस्थाहरू मध्यबाट यो विशेष अवार्ड बैंकलाई प्रदान गरेको हो ।

यस अवार्डले एनएमबि बैंकलाई निरन्तर रुपमा समावेशी र दीगो विकाश गर्ने आफ्नो उद्देश्य प्राप्त गर्दै अघी बढ्न प्रोत्साहान मिलेको छ । एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

For More:-NMB Bank WEPs Awards 2024 


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts