एनएमबि बैंकको पौने २ लाख कित्ता सेयर बिक्रीमा

NMB Bank Shares for Sales
Share It On:

 १४ असोज, काठमाडौं । 

एनएमबि बैंक लिमिटेडले पौने २ लाख बढी कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकको संस्थापक समूहको १ लाख ८० हजार २८८ कित्ता शेयर बिक्रीमा राखेको हो । बैंकको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने छन् ।

सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र बबरमहलमा रहेको कम्पनीका सचिवको कार्यालयमा आवेदन दिनु पर्नेछ ।

हाललाई यो शेयरमा एनएमबि बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यसका लागि ३५ दिनको म्याद दिइएको छ।

इच्छुक संस्थापक शेयरधनीहरुले आवश्यक कागजपत्रसहित काठमाडौंको बबरमहलस्थित बैंकको कम्पनी सचिवको कार्यालयमा शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ।

निर्धारित समयभित्र संस्थापक शेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *