एनएमबि बैंकद्वारा माथिल्लो सार्दी खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

NMB Bank Sardi Hydropower
Share It On:

 १३ साउन, काठमाडौं।

एनएमबि बैंक लिमिटेडले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित २.९ मेगावाट क्षमताको माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एकल ऋण लगानी गर्ने गरी मन्दाकिनी हाइड्रोपावर लिमिटेडसँग वित्तीय व्यवस्थापन गरेको छ।

करिब रु. ६६ करोड १८ लाख ९४ हजार अनुमानित लागत रहेको यस आयोजनामा एनएमबि बैंकले रु. ४६ करोड ३३ लाख २५ हजार ऋण लगानी गर्नेछ।

सम्झौतामा हस्ताक्षर गर्दै एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले आयोजना निर्धारित लागत र समयमै सम्पन्न गर्न मन्दाकिनी हाइड्रोपावर लिमिटेडलाई आग्रह गर्नुभयो।

प्रत्युत्तरमा मन्दाकिनी हाइड्रोपावर लिमिटेडका अध्यक्ष शरद कुमार दाहालले वित्तीय व्यवस्थापनमा सहयोग पुर्‍याएकोमा एनएमबि बैंकलाई धन्यवाद ज्ञापन गर्दै आयोजना समयमै सम्पन्न गर्न स्थानीय सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

मन्दाकिनी हाइड्रोपावर लिमिटेडले कास्कीकै माछापुच्छ्रे गाउँपालिकामा प्रवर्द्धित ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजनाबाट वि.सं. २०७४ मंसिर २३ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरिसकेको छ।

उक्त आयोजनामा पनि एनएमबि बैंकको अगुवाइमा सहवित्तीयकरण अन्तर्गत ऋण लगानी भएको जानकारी गराइएको छ।

एनएमबि बैंकले नेपाल राष्ट्र बैंकद्वारा जारी ‘Environmental and Social Risk Management, 2022’ को निर्देशन अनुरुप वातावरणीय तथा सामाजिक नीति (Environmental and Social Policy) तयार पारी सोही बमोजिम आयोजनाको पर्यावरण संरचना तथा सामाजिक जोखिम व्यवस्थापनका लागि पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली (Environmental and Social Management System) लागू गरिसकेको छ।

हाल एनएमबि बैंकले देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

For more: NMB Bank Sardi Hydropower Project


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *