एनएमबि बैंकद्वारा नेपाल प्रहरीलाई उद्दार सामग्री हस्तान्तरण

NMB Bank Partner Nepal Police
Share It On:

२० साउन, काठमाडौं।

मनसुनको मौसममा उत्पन्न हुने सम्भावित प्राकृतिक विपद् र आकस्मिक घटनालाई मध्यनजर गर्दै, एनएमबि बैंकले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत नेपाल प्रहरीलाई विभिन्न उद्दार सामग्रीहरू हस्तान्तरण गरेको छ।

उक्त सामग्री हस्तान्तरण कार्यक्रम काठमाडौंको रानीपोखरीस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सम्पन्न भएको हो। कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द गवामीले काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, अतिरिक्त महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङलाई औपचारिक रूपमा उद्दार सामग्रीहरू हस्तान्तरण गरे।

हस्तान्तरण गरिएका सामग्रीहरूमा १६ बिटको सेल्फ–लेभलिङ राफ्ट, लाइफ ज्याकेट तथा अन्य आपतकालीन उद्दार उपकरणहरू समावेश छन्।

एनएमबि बैंकका अनुसार, मनसुनको समयमा बाढी, डुवान तथा जलजन्य विपद्को जोखिम उच्च हुने भएकाले, यस्तो सहयोगले प्रहरीको आपतकालीन प्रतिक्रिया क्षमतामा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको जानकारी गराइएको छ। यस किसिमको पहलले समुदायप्रति बैंकको प्रतिबद्धता झल्किने विश्वास समेत बैंकले व्यक्त गरेको छ।

हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

For more: NMB Bank Partners Nepal Police


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts