एनएमबि खेती कर्जाको लागि बागमती गाउँपालिकासँग त्रिपक्षीय सम्झौता

NMB Digital Agricultural Loan
Share It On:

७ असोज, काठमाडौं ।

एनएमबि बैंक लिमिटेड, डि.भी एक्सेलस प्रा. लि. (खेति एप) र बागमती गाउँपालिका मकवानपुरबीच गाँउपालिकाका किसान तथा कृषि व्यवसायमा संलग्न व्यक्तिहरुलाई एनएमबि डिजिटल कर्जा (खेती कर्जा) प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको छ।

NMB Bank Digital Agricultural Loan

सम्झौतामा एनएमबि बैंकको तर्फबाट लघुवित्त तथा एमएसएमई प्रमुख डा. बुद्धि मल्ल, डि.भी एक्सेलस प्रा.लि.को तर्फबाट सह–संस्थापक न्यूराज कार्की र बागमती गाउँपालिकाको तर्फबाट अध्यक्ष सर्केश घलानले हस्ताक्षर गरेका छन्।

यस सम्झौताको मुख्य उद्देश्य किसान तथा कृषि व्यवसायमा संलग्न व्यक्तिहरुलाई खेति एप मार्फत पूर्णरूपमा डिजिटल कर्जाको सुविधा प्रदान गर्नु हो। बागमती गाउँपालिकाले यस डिजिटल कर्जामार्फत कृषकहरुको आर्थिक अवस्था सुधार गर्न, कर्जा लगानीलाई सहज बनाउने लक्ष्य राखेको छ।

सम्झौताका प्रमुख बुँदाहरू:

  1. वित्तीय साक्षरता कार्यक्रम: तीनै संस्थाले मिलेर वित्तीय साक्षरता कार्यक्रमहरू संचालन गर्ने।
  2. कर्जा सहजीकरण: योग्य किसानहरुलाई कर्जा प्राप्त गर्न सहजीकरण गर्ने।
  3. परामर्श सेवा: ऋणीहरुलाई विभिन्न प्रकारका परामर्श सेवाहरू प्रदान गर्ने।
  4. कर्जा असुलीमा सहयोग: कर्जा असुली प्रक्रियामा पनि सहयोग गर्ने सहमति।

गाउँपालिकाका अध्यक्ष सर्केश घलानले किसानहरुलाई कृषि व्यवसायमा उत्प्रेरित गर्नका लागि विभिन्न कार्यक्रमहरू गरिरहेको र गाउँपालिकालाई कृषि व्यवसायमा आत्मनिर्भर बनाउन वित्तीय अनुशासनमा रहेर आधुनिकिकरण गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष, केही वडा अध्यक्षहरू, कृषि अधिकृतलगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो।

एनएमबि खेती कर्जा कार्यक्रम अघिल्लो वर्ष बागमती र गण्डकी प्रदेशमा सुरु गरिएको थियो भने अब यसलाई देशभर विस्तार गर्ने तयारी भइरहेको छ। एनएमबि बैंकले हाल २०१ शाखाहरू, १८७ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरूबाट सेवा प्रदान गर्दै आइरहेको छ।

For more: NMB Bank Digital Agricultural Loan


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts