३ भदौ, काठमाडौं ।
एनएमबि बैंकले नाडा अटो शो २०२५ मा सहभागिता जनाउँदै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकहरूले आकर्षक ७.१३ प्रतिशत ब्याजदरमा सवारीसाधन कर्जा लिन सक्नेछन्।
बैंकले यो योजना चाडपर्वलाई लक्षित गर्दै सीमित अवधिका लागि ल्याएको हो। आवेदन प्रक्रिया सजिलो र लचिलो बनाइएको बैंकले जनाएको छ।
विशेषगरी इलेक्ट्रिक सवारीसाधन किन्न चाहने ग्राहकका लागि यो अफर लाभदायक हुने बैंकको विश्वास छ। वातावरण मैत्री सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्दै दिगो तथा हरित भविष्य निर्माण गर्ने उद्देश्य यस योजनाको रहेको बैंकले स्पष्ट पारेको छ।
ग्राहकले यस अफरबारे थप जानकारी नजिकको एनएमबि शाखामा वा नाडा अटो शोमा रहेको एनएमबि बैंकको स्टल नं E-24 बाट लिन सक्नेछन्।
हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८७ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ।
For More:-NMB Bank Auto Loan Nepal