पोखरामा एनएमबि बैंक र USAID द्वारा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

NMB Bank and USAID Collaborates
Share It On:

३  पुस, काठमाडौं।

एनएमबि बैंक र USAID द्वारा पोखरामा क्युआर लोन तथा पर्यटन उद्यमीहरूका लागि डिजिटल विक्तीय साक्षरता आयोजना ।

एनएमबि बैंकले संयुत्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट USAID सँगको सहकार्यमा पोखरामा साना तथा मझौला उद्यम तथा लघु, साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने उद्देश्यले डिजिटल विक्तीय साक्षरता कार्यत्रम आयोजना गरेको छ ।

एनएमबि क्युआर लोनको जानकारी लगायत पर्यटन उद्यमीहरूलाई डिजिटल भुक्तानी प्रणालीको निर्णायक भूमिका र व्यवसायको वृद्धि र दिगोपन बढाउन उपलब्ध विभिन्न सेवाहरू र मार्केटिङ प्रविधिहरूबारे जानकारी गराऊनमा कार्यक्रम केन्द्रित थियो ।

सो कार्यत्रममा विभिन्न उद्योगहरूबाट ८० भन्दा बढी उद्यमीहरू सहभागी भई सक्रिय रूपमा छलफलमा संलग्न थिए । आगामी दिनमा बैंकले अन्य प्रदेशमा पनि यस्तै चेतनामूलक कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाएको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

For more: NMB Bank and USAID Collaborate


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *