एनएमबि बैंक र एनसीएचएलबीच अनलाइन पेमेन्ट गेटवेको लागि साझेदारी
१२ मंसिर, काठमाडौँ।
एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) सँगको सहकार्यमा कार्डमा आधारित आधुनिक अनलाइन पेमेन्ट गेटवे सेवा सुरु गर्ने भएको छ। यस सहकार्यले नेपालमा ई–कमर्स कारोबारलाई थप सहज र सुरक्षित बनाउने अपेक्षा गरिएको छ।
यस पेमेन्ट गेटवेको माध्यमबाट एनएमबि बैंकका अनलाइन मर्चेन्टहरूले VISA र MasterCard कार्डमार्फत भुक्तानी सजिलै प्राप्त गर्न सक्नेछन्।
साथै, सेवा 3D Secure प्रविधि प्रयोग गरी कार्ड भुक्तानीलाई थप सुरक्षित बनाउँछ र अनाधिकृत कारोबारको जोखिम कम गर्छ।
बैंकका अनुसार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पेमेन्टलाई समर्थन गर्ने भएकाले मर्चेन्टहरूले आफ्नो व्यवसाय विश्वभर विस्तार गर्न सजिलो हुनेछ। आवश्यक प्राविधिक तयारी पछि मर्चेन्टहरूले आफ्नो वेबसाइटमा यो सेवा इन्टिग्रेट गर्न सक्नेछन्।
एनएमबि बैंकले यसअघि पनि एनसीएचएलसँगको सहकार्यमा ECC, IPS, RPS, NCHL-PAY, connectIPS, CORPORATEPAY जस्ता डिजिटल सेवा उपलब्ध गराउँदै आएको थियो।
अब ई–कमर्स पेमेन्ट गेटवे थपिएपछि बैंकको डिजिटल सेवा पोर्टफोलियो अझ सशक्त भएको छ।
एनसीएचएलले हाल १४ वटा बैंक र वित्तीय संस्थालाई कार्ड कारोबार, होस्टिंग, स्विचिंग र अनलाइन पेमेन्ट गेटवे सेवा प्रदान गर्दै आएको छ। एनएमबि बैंकको सहभागीता सँगसँगै नेपालमा डिजिटल भुक्तानीको पहुँच अझ फराकिलो हुने विश्वास लिइएको छ।
एनएमबि बैंकले देशभर ७७ जिल्लामा २०२ शाखा, १८४ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत ग्राहकहरूलाई सेवा दिइरहेको छ।



