निसान म्याग्नाइटमा ‘१ वर्ष शून्य इन्धन’ योजना सार्वजनिक: नगद छुट र एक्सचेन्ज बोनसको वर्षा
८ चैत, काठमाडौँ ।
Pioneer Moto Corp Pvt. Ltd., नेपालमा Nissanको आधिकारिक वितरकले आफ्नो लोकप्रिय कम्प्याक्ट SUV Nissan Magnite मा ग्राहकहरूका लागि “१ वर्ष शून्य इन्धन” (One Year Zero Fuel) योजना घोषणा गरेको छ।
यस “१ वर्ष शून्य इन्धन” अभियान अन्तर्गत ग्राहकहरूले रु. ५०,००० सम्म नगद छुट, रु. १,००,००० सम्म एक्सचेन्ज बोनस, १ वर्षको कम्प्रिहेन्सिभ बीमा, तथा १ वर्षको निःशुल्क इन्धन सुविधा प्राप्त गर्नेछ।
हाल Nissan Magnite को सुरुवाती मूल्य रु. ३५.७५ लाख रहेको छ र यो अफर देशभरका आधिकारिक निसान शोरूमहरूमा लागू हुनेछ।
यसलाई अझ आकर्षक बनाउँदै, निसानले सजिलो स्वामित्व योजना पनि ल्याएको छ, जस अन्तर्गत Magnite Visia अब प्रति दिन मात्र रु. ९९९ मा उपलब्ध हुनेछ, जसले यसलाई कम्प्याक्ट SUV सेग्मेन्टमा सबैभन्दा सुलभ विकल्पमध्ये एक बनाएको छ।
Nissan Magnite मा ५-स्टार Global NCAP safety rating सहित यसमा सेग्मेन्टकै उत्कृष्ट २०५ मिमी ग्राउण्ड क्लियरेन्स, ६ वटा एयरब्याग, हिल-स्टार्ट असिस्ट, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, टचस्क्रिन, तथा रियर पार्किङ सेन्सर जस्ता सुरक्षा सुविधाहरू सबै भेरियन्टहरूमा उपलब्ध छन्।
कम्पनीले ग्राहकहरूलाई नजिकको निसान शोरूममा गई टेस्ट ड्राइभ लिन र अफरबारे थप जानकारी प्राप्त गर्न अनुरोध गरेको छ।
Pioneer Moto Corp Pvt. Ltd. बारे
Pioneer Moto Corp Pvt. Ltd. नेपालमा निसान सवारी साधनहरूको आधिकारिक वितरक हो, जसले देशभर फैलिएको डिलर नेटवर्कमार्फत बिक्री, सेवा तथा स्पेयर पार्ट्स सुविधा प्रदान गर्दै आएको छ।
For more: Nissan Magnite Zero Fuel Offers


