निसानले ल्यायो ‘निसान फेस्टिभ डिल’, नयाँ गाडी खरिदमा १५ लाखसम्म छुट

Nissan Festive Offers Big Discount
Share It On:

२१ भदौ, काठमाडौं ।

नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले चाडपर्वको अवसरमा ‘निसान फेस्टिभ डिल’ विशेष छुट योजना ल्याएको छ। यो योजना निसानका सबै लोकप्रिय मोडलहरू— निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ, र निसान एक्स–ट्रेलमा लागू हुनेछ।

Nissan Festive Offers Big Discounts

चाडपर्वको उत्सवमय वातावरणलाई थप विशेष बनाउन, यो योजना सीमित अवधिभर उपलब्ध हुनेछ। ‘निसान फेस्टिभ डिल’ अन्तर्गत ग्राहकहरूले १ वर्ष निःशुल्क गाडी व्यापक बीमा, ३ वर्षको नि:शुल्क सडक कर, ३ वर्षसम्मको निःशुल्क सर्भिसिङ, ३ वर्षको वारेन्टी, र १५ लाख रुपैयाँसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

निसान म्यागनाइट: एक लोकप्रिय एसयूभी

निसान म्याग्नाइट, जसले नेपाली बजारमा ठूलो सफलता हासिल गरेको छ, बिग, बोल्ड र ब्युटिफुल एसयूभी हो। यो गाडीमा उत्कृष्ट रिसेल भ्यालु र क्लास-लिडिङ सुविधाहरू समावेश छन्। यस ‘फेस्टिभ डिल’ अन्तर्गत, निसान म्याग्नाइटको खरिदमा ग्राहकहरूले ८०% सम्मको सहज फाइनान्सिङको सुविधा र ६ वर्षसम्म ‘नो रनिङ कस्ट’ को मजा लिन सक्नेछन्।

निसान एक्स–ट्रेल: इलेक्ट्रिक एसयूभी

निसान एक्स–ट्रेल, मस्कुलर स्टाइलिङ र उच्च पर्फमेन्सको साथ आएको प्रिमियम इलेक्ट्रिक एसयूभी हो। यो गाडीले पारिवारिक एड्भेन्चर तथा घुमघामका लागि सुलभ र आरामदायी सुविधा प्रदान गर्दछ। निसान एक्स–ट्रेलको खरिद गर्दा ग्राहकहरूले फेस्टिभ डिल योजनामा समावेश सबै लाभहरू प्राप्त गर्न सक्नेछन्, जसमा १८ वर्षसम्मको ‘नो रनिङ कस्ट’ सुविधा पनि समावेश छ।

विशेष छुट र फाइनान्सिङ सुविधा

यो विशेष योजना अन्तर्गत विभिन्न निसान मोडलका गाडीहरूमा छुट र सहज फाइनान्सिङ उपलब्ध हुनेछ। पायोनियर मोटो कर्पले यो योजना चाडपर्वको समयलाई थप उत्सवमय बनाउने विश्वास राख्दै, सबै ग्राहकहरूलाई नजिकको निसान सोरुममा भ्रमण गरी छुट र सुविधाहरूको फाइदा लिन आह्वान गरेको छ।

पायोनियर मोटो कर्प र निसानको बारेमा

पायोनियर मोटो कर्प प्राइभेट लिमिटेड नेपालमा निसान गाडीको आधिकारिक वितरक हो, जसले निसान गाडीका सम्पूर्ण मोडलहरूको बिक्री, सर्भिसिङ, र पार्टपुर्जाहरू उपलब्ध गराउँदै आएको छ।

For more: Nissan Festive Offers Big Discounts


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *