नेपाल पूर्वाधार सम्मेलन २०२४ सफलतापूर्वक सम्पन्न

NIS 2024 Concludes Great
Share It On:

२८ भदौ, काठमाडौं ।

नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा भएको पाँचौँ नेपाल पूर्वाधार सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ। सम्मेलनमा दिगो पूर्वाधार विकास र नेपालको आर्थिक वृद्धिका लागि रणनीतिक लगानीको महत्वमा जोड दिइएको थियो।

NIS 2024 Concludes Great Success

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको समग्र आर्थिक विकासका लागि भौतिक पूर्वाधारको विकास अपरिहार्य रहेको बताउनुभयो। उहाँले सरकारले लगानीका लागि उपयुक्त वातावरण बनाउनका लागि विभिन्न कानुनहरूमा सुधार गरेको उल्लेख गर्दै सम्मेलनमा आएका सुझावहरूलाई सरकारले ग्रहण गरी कार्यान्वयन गर्ने विश्वास व्यक्त गर्नुभयो।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले सम्मेलनमा दिगो पूर्वाधार अभ्यासहरू, नवीन वित्तीय मोडेल र पूर्वाधार विकासमा प्रादेशिक तथा स्थानीय सरकारको भूमिका जस्ता विषयहरूमा गहन छलफल भएको बताउनुभयो। उहाँले सम्मेलनमा आएका सुझावहरूलाई सरकारलाई उपलब्ध गराइने बताउनुभयो।

सम्मेलनमा नेपाल उद्योग परिसंघका प्रेसिडेन्ट एम्रेटस् विनोद चौधरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मालगायतले पूर्वाधार विकासका लागि नेपालले ध्यान दिनुपर्ने विषयहरूमा विदेशी एवं स्वदेशी विज्ञहरुबाट महत्वपूर्ण सुझाव आएको बताउनुभयो।

सचिव शर्माले सम्मेलनमा आएका सुझावहरूलाई सरकारले ग्रहण गर्दै कार्यान्वयनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

पाँचौँ संस्करणको नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२४ को टाइटल स्पोन्सर बीवाईडी र कोटाइटल स्पोन्सर शिवम् सिमेन्ट रहेको छ।

For more: NIS 2024 Concludes Great Success


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *