प्रभु बैंकमा निरज लम्साललाई कार्यबाहक सीईओको जिम्मेवारी
१५ मंसिर,काठमाडौं ।
प्रभु बैंक लिमिटेडमा सहायक महाप्रबन्धक (एजीएम) निरज लम्सालले कार्यबाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सम्हालेका छन्।
बैंकका सीईओ अशोक शेरचनसहित तीनजना उच्च पदस्थ अधिकारीलाई प्रहरीले पक्राउ गरेपछि आकस्मिक रूपमा बसेको संचालक समितिको बैठकले लम्साललाई कामु सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।
आइतबार राति प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मार्फत बैंकका शीर्ष अधिकारीहरूलाई पक्राउ गरेपछि बैंकले तत्काल बैठक डाकेर नेतृत्वको निरन्तरता सुनिश्चित गरेको जनाएको छ। संचालक समिति राति ९ बजे बसेको बैठकमार्फत लम्साललाई जिम्मेवारी तोकिएको हो।
बैंकका सूचना अधिकारी रविन्द्र ढकालले जारी गरेको विज्ञप्तिमा प्रहरी अनुसन्धानका कारण बैंकका कुनै पनि सेवा प्रभावित नहुने स्पष्ट गरिएको छ। उनका अनुसार बैंकका सबै शाखा, सेवा र सुशासन प्रक्रियाहरू नियमित रूपमा संचालन भइरहेका छन्।
प्रभु बैंकले अनपेक्षित परिस्थितिमा पनि ग्राहक सेवा प्रभावित हुन नदिन आवश्यक कदम तत्काल उठाइएको बताउँदै कामु सीईओको जिम्मेवारी बहाल भएपछि बैंकको सम्पूर्ण कामकाज सहज ढङ्गले अघि बढ्ने विश्वास व्यक्त गरेको छ।
For More:-Niraj Lamsal Acting CEO




