ग्राहकको खाताबाट पैसा चोरेको आरोपमा इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारी पक्राउ
१७ चैत, काठमाडौँ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको गाईघाट शाखामा कार्यरत एक कर्मचारीलाई ग्राहकको खाताबाट पैसा हिनामिनाको आरोपमा पक्राउ गरिएको छ।
पक्राउ परेकी बानिया उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ५ की स्थानीय हुन् । बैंकको गाईघाट शाखामा कार्यरत बानियाँले ग्राहकको पैसा हिनामिना गरेको आरोप छ । प्रहरीले उनीसँग प्रारम्भिक बयान समेत लिइसकेको छ ।
प्रारम्भिक अनुसन्धानकाक्रममा ती कर्मचारीले ग्राहकहरूको खातामा रहेको रकम दुरुपयोग गरेको देखिएको छ ।
बैंकले आन्तरिक छानबिनपछि रकम हिनामिना भएको पुष्टि गरेपछि प्रहरीमा खबर गरेको थियो। हाल उनी प्रहरी हिरासतमा छन् र उनीमाथि बैंकिङ कसुर तथा ठगीसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।
For More:-NIMB Staff Arrested Gaighat


