स्टार माइक्रो इन्स्योरेन्सको धितोपत्र निष्काशन प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त

NIMB Ace Capital Issue Manager
Share It On:

१२ भदौ, काठमाडौं ।

स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लि. को धितोपक्र निष्काशन तथा बित्री प्रबन्धकमा एनआइएमबि एस क्याफिटल लिमिटेडलाई नियुक्त श्री स्टार माइत्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने रु. २२,५०,००,०००/– रकम बराबरको कूल २२,५०,००० कित्ता साधारण शेयरहरु प्रति शेयर मूल्य रु. १००/– को दरमा सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपक्र निष्काशन तथा बित्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

न्यून आय भएका एवं पिछडिएका क्षेक्रका वासिन्दा र सिमान्तकृत समुदायका व्यत्तिहरुलाई निर्जीवन लघु बीमा सेवा पुर्‍याउने लक्ष्य लिई यस स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लि. मिति २०७९/०९/१४ मा दर्ता भइ मिति २०८०/०५/०१ गतेदेखि निर्जीवन लघु बीमाको इजाजत पत्र प्राप्त गरी देशका विभिन्न स्थानहरुमार्फत लघु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आईरहेको छ ।

२०८१, भाद्र ९ मा गरिएको उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्व राम तिमिला र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाद्वारा हस्ताक्षर गरिएको छ ।

NIMB Ace Capital Issue Manager Appointed


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *