एनआइएचएस ले मनायो आफ्नो चौथो वार्षिकोत्सव
२६ पुष २०८२, काठमाडौं ।
नेपाल इन्टरनेशनल हेल्थ सर्भिस (एनआइएचएस) ले आफ्नो चौथो वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । शुक्रबार एक विशेष समारोहकाबीच एनआइएचएसले चौथो वार्षिकोत्सव मनाएको हो ।
उक्त वार्षिकोत्सवको अवसरमा बोल्दै नेपाल इन्टरनेशनल हेल्थ सर्भिसका संस्थापक अध्यक्ष रुपनारायण शाहले गुणस्तरीय सेवा सुविधा दिने लक्ष्यका साथ यो संस्थाको स्थापना भएको बताए ।
उनले आजको समयसम्म आइपुग्दा धेरै बिरामीहरुलाई गुणस्तरीय सेवा प्रदान गरेको भन्दै दीर्घकालीन रोगहरूको व्यवस्थापन सहित व्यक्तिगत हेरचाहको लागि पनि संस्था प्रतिबद्ध रहेको बताए ।
उनले भने, ‘हाम्रो लक्ष्य भनेको गुणस्तरीय हेरचाह प्रदान गर्नु हो । हामी दीर्घकालीन रोगहरूको व्यवस्थापन सहित व्यक्तिगत हेरचाह योजनाहरू विकास गर्न तपाईंसँग काम गर्नेछौं ।’
उनले एक जनाले सुरु गरेको यो संस्थामा आजको समयमा ४४ जना सेयर होल्डरहरु रहेको उल्लेख गर्दै २ सय भन्दा बढी संस्थाहरुलाई पनि जोडेर अगाडि बढेको जानकारी गराए ।
अन्य संस्थाभन्दा केही फरक दिनुपर्छ भन्ने योजनाका साथ राम्रो टिम र सेवासहित अगाडि बढेको भन्दै संस्थाले विस्तारै गति लिँदै पनि गएको उनको भनाई छ ।
For more: NIHS Fourth Anniversary



