निफ्रा ग्रीन इनर्जी बोन्ड ६% – २०८८/८९ को बाँडफाँड सम्पन्न

NIFRA Green Energy Bonds
Share It On:

२९ जेठ, काठमाडौं ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले निष्काशन गरेको “निफ्रा ग्रीन इनर्जी बोन्ड ६% – २०८८/८९” को बाँडफाँड आज २०८२ जेष्ठ २९ गते सफलतापूर्वक सम्पन्न भएको छ।

NIFRA Green Energy Bond

यस ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकत्व एनआइएमबि एस क्यापिटल लिमिटेडले गरेको हो। बाँडफाँड कार्यक्रम लाजिम्पाट, काठमाडौंस्थित एनआइएमबि एस क्यापिटल लिमिटेडको प्राङ्गणमा भएको थियो।

५ अर्ब रुपैयाँ बराबरको यो हरित उर्जा ऋणपत्रमा ३.८ गुणा भन्दा बढी आवेदन आएका छन्। यसले नेपाली बजारप्रति उच्च विश्वास दर्शाएको छ।

कूल निष्काशित रकमको ६० प्रतिशत व्यक्तिगत लगानीकर्ताका लागि र बाँकी ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याइएको थियो। बाँडफाँड प्रक्रिया २०८२ साल बैशाख १८ देखि २५ गतेसम्म चलेको थियो। विभिन्न संघ संस्था र सर्वसाधारणले उत्साहका साथ यो निष्काशनमा भाग लिएका थिए।

एनआइएमबि एस क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले भने, “नेपालको पहिलो हरित उर्जा ऋणपत्रको सफल निष्काशन हामी सबैका लागि गर्वको विषय हो।” उनले यसलाई नविनता र दुरदर्शिताको परिचायक पनि ठाने।

उनले भने, “एनआइएमबि एस क्यापिटलको तर्फबाट यस्ता महत्वपूर्ण परियोजनामा अघि बढ्न पाउँदा हामी उत्साहित छौं। भविष्यमा अझ धेरै अर्थपूर्ण परियोजना ल्याउने प्रयास गर्नेछौं।”

यो ऋणपत्र सात वर्षको अवधिमा वार्षिक ६ प्रतिशत ब्याजदरमा जारी गरिएको छ। नेपालमै पहिलो पटक सार्वजनिक रुपमा हरित उर्जा सम्बन्धी ऋणपत्र यो हो।

यस कार्यमा सहयोग पुर्‍याउने नेपाल सरकार, अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, कम्पनी रजिष्ट्रार कार्यालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सेन्ज, सिडिएस एण्ड क्लियरिङ्ग, विदेशी दातृ निकायहरू, ग्लोबल ग्रीन ग्रोथ इन्ष्टिच्युट, कोरिया इन्टरनेशनल कोअपरेशन एजेन्सी, कम्पनीका सहयोगीहरू र पत्रकारहरू सबैलाई धन्यवाद दिइएको छ।

For More:-NIFRA Green Energy Bond


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *