नेपाल इन्फ्रास्ट्रक्चर बैंकको उर्जा ऋणपत्र निष्काशनको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

NIFRA Appoints NIMB Ace Capital
Share It On:

 २ कात्तिक, काठमाडौं ।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त पूर्वाधार विकास बैंकको रुपमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम व्यवसाय संचालित श्री नेपाल इन्फ्रास्ट्राक्चर बैंक लिमिटेडले ७ वर्ष अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदर रहेको “निफ्रा उर्जा ऋणपत्र ६% (२०८८/८९)” नामको कूल ५०,००,००० कित्ता ऋणपत्र निष्काशन गर्नका लागि श्री एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट नायब महाप्रबन्धक श्री विनय नाथ न्यौपाने र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक श्री सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरे ।

नेपाल धितोपत्र बोर्डको स्विकृती पश्चात् कूल निष्काशन गरिने ऋणपत्रको ६० प्रतिशत ऋणपत्र परिपत्र विधिबाट संस्थाहरुको लागि र ४० प्रतिशत अन्य सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरिनेछ ।

For more: NIFRA Appoints NIMB Ace Capital


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts