एनआईसी एशिया बैंकका ग्राहकका लागि स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा विशेष छुट

NIC Asia Sky Broadband discount
Share It On:

३ भदौ, काठमाडौं ।

एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा विशेष छुट उपलब्ध. एन आई सी एशिया बैंक ग्राहक महानुभावहरुलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा स्काइ ब्रोडब्याण्ड प्रा.लि. र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले स्काइ ब्रोडब्याण्ड प्रा.लि.को इन्टरनेट सेवा लिई डिजिटल भुक्तानी गर्दा रु.१५०० छुट प्राप्त गर्न सक्नुहुन्छ ।

यस बैंकका ग्राहक महानुभावहरुले स्काइ ब्रोडब्याण्डको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेटको नयाँ सेवा लिँदा वा नवीकरण गर्दा वार्षिक शुल्कमा रु.१५०० छुट प्राप्त गर्नु सक्नुहुनेछ ।

यस सुविधाको उपभोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।

स्काइ ब्रोडब्याण्डसँगको यस सहकार्यले यस बैंकका ग्राहक महानुभावहरुलाई इन्टरनेट प्रयोगमा विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

For more: NIC Asia Sky Broadband discounts


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *