१६ भदौ, काठमाडौं।
एनआईसी एशिया बैंकले घर खरिद वा निर्माणको सपना पूरा गर्नका लागि ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना ल्याएको छ। ‘सपना तपाईंको, साथ हाम्रो’ भन्ने नाराका साथ सार्वजनिक गरिएको यस योजनाअन्तर्गत ग्राहकहरूले आकर्षक ब्याजदरमा रु. ५० लाखदेखि रु. ३ करोडसम्मको घर कर्जा प्राप्त गर्न सक्नेछन्।
यो कर्जा घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा पुनर्निर्माण, र घडेरी खरिद गर्नका लागि उपलब्ध छ। बैंकले यस कर्जाको प्रक्रियालाई सहज बनाएको छ र यसको अवधि अधिकतम २५ वर्षसम्म रहेको छ।
यो योजनाले ग्राहकहरूलाई उनीहरूको आवासको सपना साकार पार्न महत्त्वपूर्ण सहयोग गर्ने बैंकले जनाएको छ। कर्जाको धितो सुरक्षणको अनुपात पहिलो पटक घर खरिद वा निर्माण गर्ने व्यक्तिहरूको लागि अधिकतम ८० प्रतिशत र अन्यको लागि अधिकतम ७० प्रतिशत तोकिएको छ।
यो कर्जाले ग्राहकहरूको वित्तीय आवश्यकतालाई सम्बोधन गर्दै उनीहरूको जीवनस्तर उकास्न मद्दत पुर्याउने विश्वास गरिएको छ।
For more: NIC Asia Sathi Home Loan Nepal