एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टल सार्वजनिक 

NIC Asia Lunch Auction Portal
Share It On:

१४ भदौ, काठमाडौं ।

एनआईसी एसिया बैंक लिमिटेडले बैंकिङ्ग तथा गैरबैंकिङ्ग सम्पत्तिहरू तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको सम्पत्ति समेतको लिलाम बिक्री गर्ने सम्बन्धी अनलाईन पोर्टल सार्वजनिक गरेको छ ।

यस अनलाईन पोर्टलमा बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरू सम्बन्धी सम्पूर्ण विवरण प्राप्त गर्न सकिनेछ । उक्त पोर्टलमा ग्राहकले सहजताका लागि लिलाम बिक्री सम्बन्धी प्रकाशित गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने अनलाइन पोर्टल भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको  कित्ता नम्बर तथा क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेशन) पहिचानका लागि गुगल म्याप सहितका विविध जानकारीहरू एकै ठाउँबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यस लिलाम विक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरेपश्चात् खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने बैंकले जनाएको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *