२० मंसिर, काठमाडौं ।
एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूको बहुमूल्य सामान र महत्वपूर्ण कागजातहरू सुरक्षित राख्न इच्छुक ग्राहकहरूलाई लक्षित गर्दै लकर सेवामा विशेष छुट योजना सार्वजनिक गरेको छ। बैंकले सीमित अवधिका लागि लागू गरिएको यस अफर अन्तर्गत पहिलो वर्षको वार्षिक शुल्कमा १५ प्रतिशत छुट प्रदान गर्ने भएको छ।
बैंकका अनुसार ग्राहकहरूले लकर सेवा प्रयोग गरेर आफ्ना मूल्यवान वस्तु तथा कागजातहरू ढुक्कका साथ सुरक्षित राख्न सक्नेछन्। देशभर फैलिएका १५० भन्दा बढी शाखा मार्फत बैंकले विभिन्न आकारका लकर सुविधाहरू उपलब्ध गराइरहेको छ, जसले ग्राहकहरूको आवश्यकता अनुसार छान्ने विकल्प प्रदान गर्छ।
बैंकले ल्याएको यो अफरले लकर सेवा प्रयोग गर्न चाहने ग्राहकहरूलाई थप सहज, सरल र सहुलियत प्रदान गर्ने विश्वास व्यक्त गरेको छ। साथै, बैंकले सेवा सम्बन्धी थप जानकारीका लागि नजिकको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रका फोन नम्बरहरूमा १६६०–०१–७७७७१, १८१०–२१–७७७७१ वा ०१–५९७०१०१ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।
एनआईसी एशिया बैंकले देशभरका ग्राहकहरूलाई आधुनिक, सुरक्षित र भरपर्दो लकर सेवा उपलब्ध गराउँदै आफ्नो सेवा दायरा निरन्तर विस्तार गर्दै आएको छ।
For More:-NIC Asia locker service discount