एनआईसी एशिया बैंकका ग्राहकलाई लेमोन ट्री प्रिमियरमा विशेष छुट

Nic Asia Lemon Tree Discounts
Share It On:

१४ साउन, काठमाडौं।

एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई विशेष छुट सुविधा प्रदान गर्न बुढानीलकण्ठ हेरिटेज लिमिटेडसँग एक सम्झौता सम्पन्न गरेको छ।

यस सम्झौता सँगै बैंकका ग्राहकहरूले बुढानीलकण्ठस्थित ‘लेमोन ट्री प्रिमियर’ मा विभिन्न सेवामा २० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन्।

सम्झौता अनुसार, एनआईसी एशिया बैंकका ग्राहकहरूले होटलको आवास सेवा, खाना र पेय पदार्थमा १५ प्रतिशत छुट पाउनेछन्। त्यसैगरी, स्पा सेवामा भने २० प्रतिशतको आकर्षक छुटको व्यवस्था गरिएको छ।

यस सुविधाको लाभ लिनका लागि बैंकका ग्राहकहरूले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्नेछ।

सम्झौता पत्रमा बैंकका डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र बुढानीलकण्ठ हेरिटेज लिमिटेडका जनरल म्यानेजर मनोज कुमार थापाले हस्ताक्षर गरेका छन्।

एनआईसी एशिया बैंकले यस साझेदारीले आफ्ना ग्राहकहरूलाई विशेष सुविधा उपलब्ध गराउनुका साथै मुलुकभर डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

यो सहकार्यले ग्राहकहरूको सुविधा अभिवृद्धि गर्न र डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेल्ने बैंकको भनाइ छ।

For More:-Nic Asia Lemon Tree Discount


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *