एनआईसी एशिया बैंकका ग्राहकलाई किरण आँखा अस्पतालमा विशेष छुट
२२ असोज २०८२, काठमाडौं ।
एनआईसी एशिया बैंकका ग्राहक महानुभावका लागि अब आँखा उपचारमा विशेष सुविधा प्राप्त हुने भएको छ। बैंक र वीरगंजस्थित किरण आँखा अस्पतालबीच भएको सम्झौतापश्चात्, बैंकका ग्राहकले उक्त अस्पतालमा उपचार गराउँदा १० प्रतिशतसम्म छुट सुविधा प्राप्त गर्न सक्नेछन्।
सम्झौता अनुसार, ग्राहकहरूले OPD, Diagnostics, Surgery, तथा Branded / Non-Branded Optical सेवामा छुट पाउनेछन्। उक्त सुविधा प्राप्त गर्नका लागि ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड प्रयोग गर्न सक्नेछन् वा मोबैंक (MoBank) एपमार्फत डिजिटल भुक्तानी गर्नुपर्नेछ।
बैंकले यस हस्पिटलसँगको सहकार्यले ग्राहकलाई सहज आँखा उपचार सेवामा सहयोग गर्नुका साथै डिजिटल भुक्तानी प्रणाली र नगदरहित कारोबारलाई प्रोत्साहन गरी मुलुकको डिजिटल अर्थतन्त्र विकासमा योगदान पुग्ने बैंकले विश्वास लिएको छ ।
For More:-NIC Asia Kiran Eye Hospital discount