१२ साउन, काठमाडौं।
एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै हेयर एण्ड शान्ती युनिसेक्स सैलुनमा विशेष छुटको व्यवस्था गरेको छ। बैंक र लिजा श्री इन्टरप्राइजेज प्रा.लि.बीच यस सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
यस सम्झौताअनुसार, एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरूले हेयर एण्ड शान्ती युनिसेक्स सैलुनका विभिन्न शाखाहरूमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
ग्राहकहरूले यो सुविधा नक्सालस्थित भाटभटेनी सुपरमार्केट, नयाँ बानेश्वरस्थित आईप्लेक्स मल, ठमेलस्थित छायाँ सेन्टर, जावलाखेलस्थित मिनिसो बिल्डिङ्ग, कमलादीस्थित सिद्धार्थ कम्प्लेक्स, सामाखुसीस्थित सिटी स्वायर सेन्टर, महाराजगन्जस्थित भाटभटेनी सुपरमार्केट, हेटौंडास्थित भाटभटेनी सुपरमार्केट र गणेश बिल्डिङ्ग, नारायणघाट स्थित जोशी भवन र वीरगन्जस्थित रुङ्टा मलमा रहेका हेयर एण्ड शान्ती युनिसेक्स सैलुनका शाखाहरूबाट उपभोग गर्न सक्नेछन्।
यो छुट प्राप्त गर्नका लागि ग्राहकहरूले एन आई सी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्नुपर्नेछ। बैंकले यस सहकार्यले ग्राहकहरूलाई विशेष छुट उपलब्ध गराउनुका साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास लिएको छ।
For More:-NIC Asia Hair Salon Offer