एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयरमा २०% सम्म छुट
१६ मंसिर,काठमाडौं ।
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई दृष्टि आई केयर सिस्टममा उपचार सेवामा विशेष छुट सुविधा उपलब्ध गराउने सम्झौता बैंक र हस्पिटलबीच सम्पन्न भएको छ।
यस हस्पिटलमा ग्राहकले काठमाडौंस्थित दृष्टि आई केयरमा विभिन्न सेवा लिँदा डिजिटल भुक्तानीमार्फत २० प्रतिशतसम्म छुट पाउन सक्नेछन्।
साथै, आँखा उपचार गर्दा OPD General मा २० प्रतिशत, Operation Charge, Surgery Package तथा Investigation मा ५ प्रतिशत,Laboratory मा १० प्रतिशत र Optical Products मा ७.५ प्रतिशत छुट उपलब्ध हुनेछ।
Advertisement
यसैगरी, आँखा उपचार सेवामा OPD General मा २० प्रतिशत, Operation Charge, Surgery Package तथा Investigation मा ५ प्रतिशत, Laboratory सेवामा १० प्रतिशत, र Optical Products मा ७.५ प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ।
छुट सुविधा उपयोग गर्न ग्राहकले एनआईसी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।साथै, बैंकको मोबैंक एप मार्फत गरिएको डिजिटल भुक्तानीमा पनि छुट लागू हुनेछ। मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
For More:-NIC Asia Drishti Discount

