एनआईसी एशिया बैंकका सीईओ रोशन न्यौपानेले दिए राजीनामा
२ असोज, काठमाडौं।
एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपानेले असोज १ गतेबाट पदबाट राजीनामा दिएका छन्।
बिहीबार बैंकको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको छ।
न्यौपानेले आफ्नो कार्यकाल बाँकी रहँदा नै सीईओ पदबाट राजीनामा दिएका हुन्। उनी २०७९ कात्तिकमा दोस्रो पटक चार वर्षका लागि सीईओ नियुक्त भएका थिए।
Advertisement
उनको राजीनामा पछि बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सन्तोष कुमार राठीलाई जिम्मेवारी दिइएको छ। राठी पहिले बैंकका नायव प्रमुख कार्यकारी अधिकृत थिए।
बैंकले हालको निर्णयलाई व्यवस्थित रूपमा लागू गर्दै आगामी दिनमा बैंक सञ्चालनमा कुनै असर नपर्ने बताएको छ।
For More:-NIC Asia Bank CEO Resigns

