५ साउन, काठमाडौं।
एनआईसी एशिया बैंकले आजबाट आफ्नो स्थापनाको २८ औं वर्षमा प्रवेश गरेको छ।
२८ वर्षअघि ‘सम्पूर्ण सरोकारवालाहरूको पहिलो रोजाईको बैंक’ बन्ने दृढ संकल्पका साथ सुरु भएको यस बैंकको यात्रा अहिले देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकको रूपमा स्थापित भएको छ।
बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसरमा आफ्ना समस्त ग्राहक महानुभावहरू, नियामक निकायहरू, शेयरधनीहरू, कर्मचारीहरू लगायत सम्पूर्ण सरोकारवालाहरूलाई निरन्तर स्नेह र भरोसाका लागि हार्दिक कृतज्ञता व्यक्त गरेको छ।
एनआईसी एशिया बैंकले आगामी दिनमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय बैंकिङ्ग सेवा र सुविधाहरू प्रदान गर्दै सबै सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने प्रतिबद्धता जनाएको छ।
भौतिक तथा डिजिटल उपस्थितिमा अग्रणी:
‘डिजिटल फस्ट बैंक’ बन्ने अभिप्रायले अगाडि बढिरहेको एनआईसी एशिया बैंकले आफ्नो भौतिक उपस्थितिलाई पनि उत्तिकै बलियो बनाएको छ। स्थापनाकाल देखि हालसम्म मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११६ विस्तारित काउन्टर र ४२ वटा शाखारहित शाखा सञ्जालमार्फत लाखौं ग्राहकहरूमाझ एक गतिशील बैंकिङ्ग पार्टनरको रूपमा जोडिन सफल भएको छ।
बैंकले देशको अर्थतन्त्रको सबलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको छ। यसले डिजिटल भुक्तानीलाई अझ सशक्त बनाउँदै वित्तीय समावेशीकरणका लागि महत्वपूर्ण भूमिका खेलेको छ।
मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा समेत शाखा विस्तार गरी देशको कुनाकुनामा निर्वाध रूपमा बैंकिङ्ग सेवा पुर्याउन बैंक सफल भएको छ।