५ साउन, काठमाडौं।
एन आई सी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिस प्रा.लि.बीच आँखा उपचार सेवामा छुट दिने सहमति भएको छ। सम्झौता अनुसार, बैंकका ग्राहकहरूले एएसजी आई केयरमा डिजिटल भुक्तानी गरेमा विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
यस सहकार्य अन्तर्गत सर्जरी प्रक्रियामा ग्राहकहरूले १५ प्रतिशत छुट वा बढीमा १० हजार रुपैयाँसम्म लाभ पाउनेछन्। त्यस्तै, Minor Investigation तथा Optical/Lens सेवामा १० प्रतिशत छुट दिइनेछ। पहिलो पटक सेवा लिने ग्राहकहरूले ओपीडी शुल्क तथा दर्ता शुल्कमा पूर्ण छुट प्राप्त गर्ने बैंकले जनाएको छ।
ग्राहकहरूले छुट सुविधा पाउनका लागि एन आई सी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्नुपर्नेछ, वा मोबैंक एपमार्फत डिजिटल भुक्तानी गर्नुपर्नेछ।
बैंकले देशभर स्वास्थ्य संस्थाहरूमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्दै आएकोमा, यो सहकार्यले ग्राहकहरूलाई सहज स्वास्थ्य सेवा लिन मद्दत गर्ने र मुलुकको डिजिटल कारोबार प्रणालीलाई प्रवद्र्धन गर्ने विश्वास बैंकले लिएको छ।
For More:-NIC ASIA ASG Eye Care Collaboration