एनआईसी एशिया र चन्द्रागिरि नगरपालिका बीच मुद्दती खाता खोल्ने सम्झौता

NIC Asia 18-Year Account
Share It On:

१९ असार, काठमाडौं।

चन्द्रागिरि नगरपालिका र एनआईसी एशिया बैंक बीचको सम्झौताअनुसार, नगरपालिकामा जन्मिएका नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोलिनेछ। २०८० श्रावण १ गते वा पछि जन्मिएका बालबालिकाहरूको खातामा ५/५ हजार रुपैयाँ जम्मा गरिनेछ, जसमा अभिभावकले थप रकम राख्न सक्नेछन्। योजनाले नगरपालिकाका बालबालिकाहरूलाई आर्थिक सामाजिक सुरक्षा प्रदान गर्नेछ।

चन्द्रागिरि नगरपालिकाको निजी उद्यम प्रवद्र्धन, आर्थिक सहायता तथा कार्यक्रम अनुदान सञ्चालन कार्यविधि, २०७८ (संशोधन सहित २०८०) अनुसार नगरपालिका भित्र मिति २०८० श्रावण १ गते वा सो मिति भन्दा पछि जन्मिएका बालबालिकाहरू १८ वर्ष पुगे पश्चात् परिपक्क हुनेगरी निजहरूलाई आर्थिक सामाजिक सुरक्षा कार्यविधि बमोजिम नगरपालिकाबाट यो सुविधा प्रदान गरिनेछ ।

नगरपालिकाको कार्यविधि अनुसार यस नगरमा स्थायी बसोबास गर्नुहुने महानुभावहरूका छोराछोरीहरू यो योजनाबाट लाभान्वीत हुन सक्नुहुनेछ र यसका लागि जन्मदर्ता अनिवार्य गरिएको छ ।

चन्द्रागिरि नगरपालिकाले सो अवधिपछि नगरमा जन्मिएका नवजात शिशुहरूको ५–५ हजारका दरले प्रत्येक बालबालिकाको नाममा यस एन आई सी एशिया बैंकमा १८ वर्षे मुद्दती निक्षेप खाता खोलिदिनेछ ।

यस्ता खातामा अभिभावकले चाहेको खण्डमा थप रकम समेत राख्न सक्ने व्यवस्था गरिएको छ । यस योजनामा सामेल हुनुहुने ग्राहक महानुभावहरूको निक्षेपमा बैंकले अधिकतम ब्याजदर प्रदान गर्नेछ ।

चन्द्रागिरि नगरपालिकामा जन्म लिने बालबालिकाहरू १८ वर्ष पार गर्दै गर्दा उच्च शिक्षा हासिल गर्न अथवा कुनै व्यवसाय सञ्चालन गर्न नगरपालिकाले प्रदान गरेको यस कोषले निकै सहयोगी भूमिका खेल्दै समग्र नगर क्षेत्रको आर्थिक सामाजिक सुरक्षाको प्रत्याभूतिको लागि कोषेढुंगाको भूमिका निर्वाह गर्ने नगरपालिका र बैंकको विश्वास रहेको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *