नेपाल हाइड्रोपावर एसोससएसनको २४औँ वार्षिक साधारण सभा तथा रजत जयन्ती सम्पन्न
७ पुष २०८०, काठमाडौं ।
नेपाल हाइड्रोपावर एसोसिएसन (Nepal Hydropower Association) को २४औं वार्षिक साधारण सभा (AGM) तथा स्थापनाको २५औं वर्षगाँठ (रजत जयन्ती) आज ललितपुरस्थित स्क्वायर होटलमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाल हाइड्रोपावर एसोसिएसनका सदस्यहरू, जलविद्युत क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
साधारण सभाले नेपाल हाइड्रोपावर एसोसिएसनको २४औं कार्यसमितिको चयन गरेको छ। नव-निर्वाचित कार्यसमितिमा अध्यक्षमा अरुण राजहिया, उपाध्यक्षमा नविन मान सिंह प्रधान, महासचिवमा निर्मला लामा चन्द, सचिवमा कृष्ण बहादुर कुमाल र कोषाध्यक्षमा प्रतिमा श्रेष्ठ निर्वाचित भएका छन्। त्यसै सदस्यहरूमा सजना ढुंग्याबाङ, रितु श्रेष्ठ, शिवराम केसी, रियाज श्रेष्ठ, सन्तोष अधिकारी र बसन्त ध्वज श्रेष्ठ चयन भएका छन्।
कार्यक्रममा बोल्ने वक्ताहरूले नेपालमा जलविद्युत क्षेत्रको विकास, निजी क्षेत्रको भूमिका र आगामी चुनौती तथा अवसरका विषयमा धारणा राखेका थिए। साथै विश्व बैंकका सिनियर हाइड्रोपावर स्पेशलिस्ट तथा NHA का संस्थापक सदस्य प्रविन कार्कीले NHA ले विगत २५ वर्षदेखि जलविद्युत विकासमा पुर्याएको योगदानको स्मरण गर्दै आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।
नेपाल हाइड्रोपावर डाटाबेस २०२५ सार्वजनिक
२४औं साधारण सभा सम्पन्न भएपछि आयोजित विशेष कार्यक्रममा “नेपाल हाइड्रोपावर डाटाबेस २०२५” को औपचारिक रूपमा अनावरण गरिएको छ। उक्त नेपाल हाइड्रोपावर डाटाबेस २०२५ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सागर राज गौतमको प्रमुख आतिथ्यमा, हाइड्रो ल्याबका महाप्रबन्धक डा. मेघ बि. विश्वकर्मा, NHA का सल्लाहकार अधिवक्ता मुरली प्रसाद शर्माँ तथा नेपाल हाइड्रोपावर एसोसिएसन (NHA) का अध्यक्ष अरुण रजौरियाले संयुक्त रूपमा अनावरण गरेका थिए।
कार्यक्रममा वक्ताहरूले नेपाल हाइड्रोपावर डाटाबेस २०२५ ले देशको जलविद्युत परियोजनासम्बन्धी तथ्यांकलाई एकीकृत, अद्यावधिक र विश्वसनीय बनाउने विश्वास व्यक्त गरे। यसले नीति निर्माण, लगानी प्रवर्द्धन तथा अनुसन्धानमा महत्वपूर्ण सहयोग पुर्याउने अपेक्षा गरिएको छ। साथै NHA स्थापनाको २५औं वर्षगाँठ (रजत जयन्ती) केक काटी हर्षोल्लासपूर्ण वातावरणमा मनाइएको थियो।
उक्त अवसरमा जलविद्युत क्षेत्रको दिगो विकासका लागि सरकारी निकाय, निजी क्षेत्र र अनुसन्धान संस्थाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।
For More:-NHA Silver Jubilee Nepal



