नवनियुक्त मन्त्रीहरूले लिए शपथ

Newly Appointed Ministers Take Oath
Share It On:

३० भदौ, काठमाडौं।

नवनियुक्त तीन मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् । अन्तरिम सरकारको मन्त्रीमा नियुक्त भएसँगै पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी अधिकृत कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्यालले शपथ ग्रहण गरेका हुन् ।

अर्यालले गृह र कानुन मन्त्रालय, कुलमानले ऊर्जा र रामेश्वर खनालले अर्थमन्त्रीको शपथ लिएका हुन्।  शपथ ग्रहण कार्यक्रममा तीनै मन्त्री एकसाथ देखिएका छन्।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले तीनै जनालाई शपथ गराएका हुन् ।

For More:-Newly Appointed Ministers Take Oath


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *