नेपालमा JAECOO J6T सार्वजनिक: आकर्षक मूल्य र विशेष सुरुवाती अफर सहित
९ चैत, काठमाडौँ।
नेपालमा भव्य रूपमा सार्वजनिक भयो अल–न्यू JAECOO J6T
- नयाँ J6T Introductory अफर अन्तर्गत रु. 66.99 लाखमा उपलब्ध
- 225mm ग्राउन्ड क्लियरेन्स, 431KM ड्राइभिङ रेन्ज तथा 19–इन्च टायर जस्ता बेस्ट–इन–सेग्मेन्ट विशेषताहरू
- देशभरका सबै Omoda & Jaecoo आधिकारिक सोरुमहरूमा उपलब्ध
नेपालमा Omoda Jaecoo को आधिकारिक वितरक SPG Automobiles Pvt. Ltd. ले 23 मार्च 2026 मा Jaecoo J6T को औपचारिक रूपमा सार्वजनिक गरेको छ। बेस्ट–इन–सेग्मेन्ट इलेक्ट्रिक अल–रोडर J6T ले Land Rover Defender बाट प्रेरित आकर्षक, बक्सी र रग्ड डिजाइन प्रस्तुत गर्दछ।
यो गाडी रियर–व्हील ड्राइभ (RWD) भेरियन्टमा (MRP) रु. 68.99 लाख भए पनि ग्राहकहरूका लागि विशेष प्रारम्भिक अफर अन्तर्गत रु. 66.99 लाखमा उपलब्ध गराइएको छ।
Jaecoo J6 को सफलतापछि SPG Automobiles ले Jaecoo J6T लाई भव्य अनावरण कार्यक्रममार्फत सार्वजनिक गरेको हो। कार्यक्रममा Sharda Group का प्रबन्ध निर्देशक श्री सन्दीप कुमार शार्दा, निर्देशक श्री गौरव शार्दा, Jaecoo J6 का सम्मानित ग्राहकहरू, सञ्चारकर्मीहरू, इन्फ्लुएन्सरहरू, अटोमोबाइल क्षेत्रका अतिथिहरू तथा SPG Automobiles का प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रमले नेपालमा यस गाडीको औपचारिक डेब्युलाई विशेष रूपमा उजागर गरेको थियो।
अल–रोडर Jaecoo J6T मा रियर–माउन्टेड मोटर रहेको छ जसले 220Nm टर्क उत्पादन गर्छ। यसमा लिथियम आयरन फस्फेट (LFP) CATL ब्याट्री जडान गरिएको छ, जसले 431KM सम्मको ड्राइभिङ रेन्ज प्रदान गर्छ। साथै 225mm ग्राउन्ड क्लियरेन्स भएको यो गाडी 4,433 मिमी लम्बाइ, 1,916 मिमी चौडाइ, 1,741 मिमी उचाइ तथा 2,715 मिमी ह्वीलबेसमा उपलब्ध छ।
गाडीमा 19–इन्च टायर, 15.6–इन्च सेन्ट्रल टचस्क्रिन, 9.2–इन्च इन्स्ट्रुमेन्ट प्यानल, 50W वायरलेस चार्जर तथा 8 स्पिकर जस्ता आधुनिक फिचरहरू समावेश छन्।
यसअघि Jaecoo J6 मा 200 मिमी ग्राउन्ड क्लियरेन्स तथा 400 किमी ड्राइभिङ रेन्ज उपलब्ध थियो भने नयाँ Jaecoo J6T मा अझ बढी ग्राउन्ड क्लियरेन्स र विस्तारित ड्राइभिङ रेन्ज समावेश गरिएको छ।
Jaecoo J6 को सफल आधारलाई थप मजबुत बनाउँदै J6T ले अझ रग्ड डिजाइन, आकर्षक स्टाइलिङ तथा उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ, जुन साहसिक यात्रा र कठिन सडक अवस्थाका लागि विशेष रूपमा उपयुक्त छ।
Jaecoo J6 ले देशभर तथा अन्तर्राष्ट्रिय बजारमा उत्कृष्ट प्रदर्शन र बेस्ट–इन–सेग्मेन्ट विशेषताहरूका कारण पहिचान बनाइसकेको छ। त्यसैले नयाँ आकर्षक लुक्स र 19–इन्च टायरसहित J6T ले ग्राहकहरूका लागि एक उत्कृष्ट विकल्पको रूपमा आफ्नो स्थान स्थापित गर्ने विश्वास गरिएको छ।
नयाँ J6T अब देशभरका सबै Omoda & Jaecoo आधिकारिक सोरुमहरूमा उपलब्ध छ।
यस नयाँ मोडेलको सुरुवातसँगै SPG Automobiles ले नेपालको तीव्र गतिमा विकास भइरहेको SUV बजारमा आफ्नो उपस्थिति अझ सुदृढ बनाउने र नवीन प्रविधियुक्त, विश्वासिलो तथा साहसिक ड्राइभिङ अनुभव प्रदान गर्ने उद्देश्य लिएको छ।
SPG Automobiles बारे
SPG Automobiles नेपालका अग्रणी अटोमोबाइल वितरकमध्ये एक हो, जसले विश्वप्रसिद्ध ब्रान्डहरू तथा नवीन गतिशीलता समाधानहरू नेपाली बजारमा ल्याउने प्रतिबद्धता राखेको छ। बलियो नेटवर्क, ग्राहक–केन्द्रित सोचमार्फत कम्पनीले अटोमोबाइल क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्दै आएको छ।
For more: New JAECOO J6T Debuts in Nepal


