महाराजगञ्जमा ‘दि हाइट रेस्ट्रो एण्ड वेलनेस’ सञ्चालनमा
१ चैत, काठमाडौँ ।
काठमाडौंको महाराजगञ्जस्थित सेल्सबेरी टावरमा नयाँ रेस्टुरेन्ट तथा वेलनेस केन्द्र ‘दि हाइट रेस्ट्रो एण्ड वेलनेस’ सञ्चालनमा आएको छ । शनिबार सो केन्द्रको भव्य उद्घघाटन गरिएको हो ।
महाराजगञ्ज–३, काठमाडौंस्थित सेल्सबेरी टावरमा अवस्थित यस केन्द्रले रेस्टुरेन्ट सेवा तथा स्वास्थ्यसम्बन्धी वेलनेस सुविधाहरू प्रदान गर्ने लक्ष्य राखेको बताइएको छ । नयाँ उद्यमको सुरुवातसँगै ग्राहकहरूलाई गुणस्तरीय खानपानका साथै आरामदायी र स्वास्थ्य–केन्द्रित वातावरण उपलब्ध गराउने उद्देश्य रहेको सञ्चालक पक्षले जनाएको छ ।
केन्द्रका सञ्चालक भरतबहादुर खत्रीका अनुसार स्वदेशमै केही गर्ने उद्देश्यसहित विभिन्न क्षेत्रमा सफल भइसकेका युवाहरूको टोलीले मिलेर यो उद्यम सुरु गरेको हो।
उनले भने, ‘हामी स्वदेशमै बसेर काम गर्ने युवाहरूको एउटा टोलीले यो उद्यम सुरु गरेका हौं । हामी सबै मूल रूपमा रेस्टुरेन्ट वा वेलनेस व्यवसायमा संलग्न थिएनौं, तर विभिन्न क्षेत्रमा काम गरेर अनुभव हासिल गरिसकेका व्यवसायीहरू हौं । उमेर बढ्दै जाँदा स्वास्थ्य र वेलनेसको महत्व झन् बढ्दै जाने भएकाले यो अवधारणा अघि सारेका हौं ।’
यस केन्द्रमार्फत ग्राहकहरूलाई स्वादिष्ट खानाका साथै स्वास्थ्य र विश्रामसँग सम्बन्धित सेवा उपलब्ध गराउने योजना रहेको बताइएको छ । नयाँ उद्यमको सुरुवातसँगै ग्राहकहरूलाई गुणस्तरीय खानपान र आरामदायी वातावरण उपलब्ध गराउने उद्देश्य राखिएको सञ्चालक पक्षले जनाएको छ ।
For more: New Healthy Dining & Wellness in Maharajgunj


