NAIMA २०२५ मा सार्वजनिनिक हुँदै नेपालको लागि नयाँ Forthing EV

New Forthing EV launch
Share It On:

१० साउन, काठमाडौं।

Forthing Friday EV ले भित्र्यायो लक्जरी र टेक्नोलोजी — अब नेपालमा! आकर्षक डिजाइन, ३६०° क्यामेरा, मसाज सिट र ८०% चार्ज ३० मिनेटमै।

चीनको प्रसिद्ध गाडी निर्माता कम्पनी Dongfeng Motor Group को सहायक कम्पनी अन्तर्गतको Forthing ब्रान्डको नयाँ विद्युतीय गाडी ‘Forthing Friday EV’ नेपालमा आउने भएको छ । सन् २०२३ मा विश्वबजारमा लन्च भएको यो full Electric SUV लाई लक्ष्मी ई–मोबिलिटीले नेपाल ल्याउन लागेको हो ।

विश्वका ४० भन्दा बढी देशमा उपस्थिति जमाइसकेको Forthing Friday नेपाली बजारमा नाइमा मोबिलिटी एक्स्पोको अवसरमा सार्वजनिक हुने छ ।

डिजाइन र आयाम:

Forthing Friday EV आकर्षक डिजाइनमा तयार छ । यसको लम्बाइ ४६०० मि.मि., चौडाइ १८६० मि.मि., उचाइ १६८० मि.मि. र ह्वीलबेस २७१५ मि.मि. रहेको छ । १९ इन्चका अलोय ह्वील, १८५ मि.मि. ग्राउन्ड क्लियरेन्स र क्रोम बेल्ट लाइनले गाडीलाई स्टाइलिस र रोड प्रेसेन्सयुक्त बनाएको छ।

प्रदर्शन र ब्याट्री:

Forthing Friday मा ९९ किलोवाट क्षमताको मोटर र १७४ एनएम टर्क दिइएको छ । यसमा ६४.४ KWh को लिथियम ब्याट्री जडान गरिएको छ, जसले WLTP मापन अनुसार ४०० किमी रेन्ज प्रदान गर्छ । ११ Kw एसी चार्जरले ७ घण्टामा गाडीलाई पूर्ण रुपमा चार्ज गर्न सकिन्छ । ८० किलोवाट डीसी चार्जरले ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुनेछ ।

विशेष सुविधा:

१० तरिकाले एडजस्ट गर्न मिल्ने ड्राइभर सिटमा भेन्टिलेसन, मसाज र मेमोरी जस्ता लक्जरी सुविधा उपलब्ध छन् । जुन यस सेग्मेन्टमा पहिलोपटक देखिएको हो ।

ADAS प्रणाली अन्तर्गत Adaptive Cruise Control, Lane Departure Warning, Emergency Braking, Blind Spot Detection, Rear Cross Traffic Alert लगायत अत्याधुनिक सुरक्षा फिचर्सले भरिपूर्ण यस EV मा ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, Uphill Assist, Auto Hold, Reverse Radar, Steep Slope Descent र Rain Sensing Window Closure जस्ता सुविधा पनि छन् ।

भित्री डिजाइन र प्रविधि:

गाडीमा १४.६ इन्चको इन्फोटेनमेन्ट स्क्रिन र ८.८ इन्चको डिजिटल क्लस्टर छ । Apple CarPlay, Android Auto, Bluetooth, Wireless Charging, Crystal Gear Knob, Cooling Storage जस्ता विशेषताले आधुनिक उपयोगकर्तालाई लक्षित गरिएको छ।

सुरक्षा र सुविधा:

६ वटा एयरब्याग, ABS, EBD, ESC, TCS, ISOFIX child seat anchor जस्ता सुविधा सुरक्षा पक्षमा उच्च स्थानमा राखिएको छ । Tailgate Angle Adjustment, Charging Limiting Value, Remote Window Control, Spare Tyre जस्ता उपयोगी सुविधा पनि यसमा छन् ।

Forthing Friday EV नयाँ प्रविधि, डिजाइन र सुविधाले भरिएको स्मार्ट EV हो, जुन नेपाली सडक, मौसम र प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राखेर उपयुक्त बन्न सक्छ । नेपाली बजारमा यसको मूल्य गाडी सार्वजनिक भएसँगै प्रस्तुत गरिनेछ । तर यो गाडीले नेपाली EV बजारमा नयाँ प्रतिस्पर्धा ल्याउने अनुमान गरिएको छ ।

For more: New Forthing EV launch Nepal


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *