जीवन बिमा कोषमा नयाँ कर्मचारीले नपुग रकम जम्मा गर्नुपर्ने
२२ असोज २०८२, काठमाडौं ।
जीवन बीमा कोषले नयाँ नियुक्ति हुने राष्ट्रसेवक कर्मचारीहरूलाई बीमा प्रिमियम बापतको रकम तोकिएको समयावधिभित्र जम्मा गर्न आह्वान गरेको छ । बीमा कोषले २०७५ सालको कार्यविधि बमोजिम राष्ट्रिय बीमा संस्थान मार्फत राष्ट्रसेवक कर्मचारीहरूको बीमा कोष सञ्चालन गर्दै आएको छ ।
कोषमा निजामती सेवा आयोग, सामुदायिक विद्यालयका शिक्षक/कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरू सहभागी छन् । यस व्यवस्था अनुसार राष्ट्रसेवक कर्मचारीको तलबबाट रकम कट्टा भई सोही बराबरको रकम नेपाल सरकारबाट थप भई कोषमा मासिक रूपमा जम्मा हुने गरेको छ।
कोषले जारी गरेको सूचनाअनुसार, राष्ट्रसेवक कर्मचारीहरूको वार्षिक तोकिएको प्रिमियम बराबरको रकम (रु. ४,५००।००) एक वर्षभित्र जम्मा भएमा मात्र अद्यावधिक वार्षिक बीमा पोलिसी जारी हुने व्यवस्था रहेको छ ।
नयाँ नियुक्ति भएका राष्ट्रसेवक कर्मचारीहरूको हकमा, यदि सम्बन्धित कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ भित्र प्रिमियम रकम जम्मा गर्न नसकेमा, कर्मचारीहरूले बीमा प्रिमियम बापतको रकम आफैँ वा सेवायोग्य कार्यालय मार्फत नागरिक लगानी कोषमा एकमुष्ट जम्मा गरेर अघिल्लो आर्थिक वर्षदेखि नै बीमा सुनिश्चित गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
प्रिमियम रकम जम्मा नभएमा बीमा नहुने र प्रिमियम रकमसमेत गुम्न सक्ने अवस्था आउन नदिन यो जानकारी गराइएको कोषले जनाएको छ ।
For More:-New Employees Life Insurance Deposit