नेप्सेले भन्यो, ‘NEPSE AI’ एप भ्रामक, सचेत रहन सबैलाई अनुरोध

NEPSE AI App Warning Alert
Share It On:

२९ साउन, काठमाडौं। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ‘NEPSE AI’ नामक कुनै पनि एप वा सेवा आफ्नो आधिकारिक उत्पादन नभएको स्पष्ट पारेको छ। नेप्सेले हालै सामाजिक सञ्जाल र अनलाइन माध्यममा फैलिएका ‘NEPSE AI’ सम्बन्धी भ्रामक सन्देशप्रति सबैलाई सचेत गराएको हो।

नेप्सेले जारी गरेको सूचनामा भनिएको छ, “NEPSE AI’ नामक कुनै एप वा सेवा नेपाल स्टक एक्सचेन्जको आधिकारिक उत्पादन वा सेवा होइन।” साथै, नेप्सेले हालसम्म कुनै पनि मोबाइल एपमार्फत प्रत्यक्ष सेयर कारोबारको सुविधा प्रदान नगरेको पनि जनाएको छ।

हालै “NEPSE AI” नामक एप प्रयोग गरी “यहाँ क्लिक गर्नुहोस् र AI बाट सेयर विश्लेषण वा कारोबार गर्नुहोस्” भन्ने किसिमका भ्रामक तथा झुटा सन्देश पठाई केही व्यक्तिलाई ठगी गरेको जानकारी प्राप्त भएको नेप्सेले उल्लेख गरेको छ।

नेप्सेले यस्ता भ्रामक सन्देश, लिंक वा एपहरूमा क्लिक नगर्न, कुनै पनि व्यक्तिगत विवरण (बैंक खाता, पासवर्ड, OTP आदि) नदिन र आर्थिक कारोबार नगर्न सम्पूर्णमा अनुरोध गरेको छ। यस्तो शंकास्पद गतिविधि देखिएमा तुरुन्तै नजिकको प्रहरी कार्यालय वा नेपाल स्टक एक्सचेन्जमा जानकारी गराउन पनि नेप्सेले आग्रह गरेको छ।

For More:-NEPSE AI App Warning Alert


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *