दिगो भौतिक पूर्वाधार नै समृद्ध नेपालको आधार: उपप्रधानमन्त्री पौडेल

Nepal Prosperity Sustainable Infrastructure
Share It On:

२८ भदौ, काठमाडौं ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समृद्ध नेपालको मुख्य आधार दिगो र गुणस्तरीय भौतिक पूर्वाधार भएको बताएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले संयुक्त रूपमा आयोजना गरेको पाँचौं नेपाल पूर्वाधार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

Nepal’s Prosperity Sustainable Infrastructure

Nepal Sustainable Infra

पौडेलले पूर्वाधार सम्मेलनले मुलुकको आर्थिक विकास र समृद्धिसँग जोडिएको पूर्वाधार क्षेत्रको विकासका विभिन्न आयामहरुमा छलफल गर्न अन्तरसम्बन्धित क्षेत्रका व्यत्तिहरु, नीति निर्माताहरु, विज्ञ, सरोकारवालाहरु एउटै मञ्चमा ल्याउन सफल भएको बताए। उनले भने, ‘यो सम्मेलनले एक्काइसौं शताब्दीको आवश्यकता अनुरुपको आधुनिक, सुरक्षित र हरित पूर्वाधार विकासको मार्गचित्र कोर्न ठोस योगदान गर्ने मैले विश्वास लिएको छु।’

निजी क्षेत्रसँगको सहकार्यमा पूर्वाधार विकास

उपप्रधानमन्त्री पौडेलले पूर्वाधार विकासमा पर्याप्त लगानी जुटाउन तथा निजी क्षेत्रलाई आकर्षित गरी पुँजी परिचालन गर्न नीतिगत तथा प्रकृयागत सुधार गर्नु आवश्यक रहेको औंल्याए। उनले सरकारी क्षेत्रका साथै नवीन उपकरणहरुको उपयोग गर्दै आवश्यक लगानी जुटाउन सरकार सबै प्रकारको सहजीकरण गर्न तत्पर रहेको बताए।

सरकारको एक्लो प्रयासले मात्रै पूर्वाधार विकासको काम पूरा गर्न सम्भव नरहेको भन्दै उनले यसमा निजी क्षेत्र, बाह्य लगानीकर्ता, अन्तर्राष्ट्रिय समुदाय एवम् विकास साझेदारसमेतको उत्तिकै भूमिका रहने बताए।

दिगो र गुणस्तरीय पूर्वाधारमा जोड

उपप्रधानमन्त्री पौडेलले पूर्वाधार संरचना दिगो, गुणस्तरीय, वातावरण एवम् जलवायु संवेदनशील, हरित, उत्थानशील र समावेशी हुन पनि उत्तिकै आवश्यक हुने बताए। यसबाट मात्रै आर्थिक विकासको दरिलो जग बसाउन तथा उत्पादन र उत्पादकत्व बढाई रोजगारी सिर्जना गर्न सफलता मिल्ने उनको भनाइ छ।

आन्तरिक स्रोतको सीमितता र चुनौती

उपप्रधान एवम् अर्थमन्त्री पौडेलले सीमित स्रोतसाधन र पूर्वाधार विकासका आकांक्षाबीचको सन्तुलन कायम गर्न आन्तरिक स्रोतबाट मात्र सम्भव नभएको बताए। उनले पछिल्लो समय आन्तरिक राजस्व परिचालनको अवस्था दबाबमा रहेको र सार्वजनिक ऋणको भार बढ्दै गएको कारणले पूर्वाधार विकासका लागि स्रोतको जोहो गर्नु सरकारका लागि चुनौतीपूर्ण बन्दै गएको बताए।

निजी क्षेत्रलाई आकर्षित गर्ने प्रयास

सरकारले निजी क्षेत्रको लगानी आकर्षित गर्न सम्मिश्रित वित्त, सार्वजनिक निजी साझेदारी लगायत अन्य सम्भाव्य विधिहरुको उपयोगका लागि आवश्यक प्रबन्ध गर्न प्राथमिकता दिएको जानकारी उनले दिए।

अन्य महत्वपूर्ण कुराहरू:

  • सरकारले पूर्वाधार विकासको लागि पुँजीगत खर्च विनियोजनलाई बढाउँदै जाने नीति लिएको छ।

  • पूर्वाधार विकासलाई प्रवर्द्धन गर्न, निजी लगानीलाई प्रोत्साहित गर्न वित्त नीतिसँगै मौद्रिक नीतिको पनि उत्तिकै भूमिका रहने भन्दै मौद्रिक स्थायित्व कायम गर्दै पूर्वाधार क्षेत्रमा लगानी प्रवाह विस्तार गर्न नेपाल राष्ट्र बैंकले अनुकूल नीति अबलम्वन गर्दै आएको छ।

  • ठूला पूर्वाधार परियोजनामा केन्द्रित भई काम गर्न सरकारको अग्रसरतामा पूर्वाधार विकास बैंकको स्थापना गरिएको छ।

  • सरकारले निजी क्षेत्रको लगानी आकर्षित गर्न सार्वजनिक निजी साझेदारीका लागि अनुकूल वातावरण सिर्जना गरेको छ।

  • पूर्वाधार लगायतका परियोजनाहरुमा स्वदेशी तथा बाह्य लगानीकर्ताहरुलाई आकर्षित गर्न देशको वास्तविक अवस्था प्रतिबिम्बित हुने गरी मुलुकको सार्वभौम क्रेडिट रेटिङको काम अगाडि बढाइएको छ।

उपप्रधानमन्त्री पौडेलले समृद्ध नेपालको लागि दिगो भौतिक पूर्वाधार विकास अपरिहार्य रहेको बताएका छन्। सरकारले निजी क्षेत्रसँगको सहकार्यमा पूर्वाधार विकासलाई तीव्रता दिने नीति लिएको छ। यसका लागि सरकारले विभिन्न नीतिगत सुधार गर्दै लगानीको वातावरणलाई अनुकूल बनाउने प्रयास गरिरहेको छ।

For more: Nepal’s Prosperity Sustainable Infrastructure


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *