५ मंसिर, काठमाडौँ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच मिति २०८१ साल मंसिर २ गते आइतबार, अन्तरदेशीय भुक्तानी सेवासम्बन्धी सम्झौता भएको छ।
Nepal’s Digital Payment Landscape Expands
यो सम्झौता अनुसार, सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।
यस सम्झौता पश्चात नेपालमा रहेका नेपाल पे क्यूआर तथा अन्तर सञ्चालित मर्चेन्ट क्यूआर मार्फत अलिपेप्लस नेटवर्कमा रहेका सदस्य वालेटहरूको प्रयोग गरी भुक्तानी गर्न सकिनेछ।
यो सेवा विशेषगरी चाइना, हङकङ, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मकाउ, थाईल्याण्ड, साउथ कोरिया, र इटाली लगायतका देशबाट आएका पर्यटकहरूलाई लक्षित गरिएको छ।
उनीहरूले आफ्नो घरेलु वालेटबाट सजिलै नेपालमा नेपाल पे क्यूआर तथा अन्तर सञ्चालित मर्चेन्ट क्यूआरहरूमा भुक्तानी गर्न सक्छन्।
एनसीएचएलले अलिपेप्लससँग इन्टरनेशनल पेमेन्ट पार्टनरका रूपमा आबद्ध भई भुक्तानी सेवा सुचारु गर्नका लागि आवश्यक प्रविधि र संरचना तयार गरेको छ।
यसै सन्दर्भमा, सिटिजन्स बैंकसँगको सम्झौताले बैंकका ग्राहकहरूलाई अझै सहज सेवा प्रदान गर्नेछ।
सिटिजन्स बैंकले ६० जिल्लाभर फैलिएका १९७ शाखाहरू, १६२ एटीएम, ३ विस्तारित काउन्टरहरू, र ७४ शाखारहित बैंकिङ इकाइहरू मार्फत १८ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा दिँदै आएको छ।
For more: Nepal’s Digital Payment Landscape Expands