एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज मेला सुरु, पहिलो दिन ग्राहकको उत्साहजनक सहभागिता
२५ असोज २०८२, काठमाडौं ।
नेपालको अग्रणी अटोमोबाइल समूह एमएडब्लु वृद्धिले काठमाडौं र देशभरका सोरुममा चाडपर्व लक्षित मेगा एक्सचेन्ज कार्निभल सुरु गरेको छ।
पहिलो दिन ग्राहकहरुको उत्साहजनक सहभागिता रहेको मेलामा ग्राहकले पुराना गाडी साटेर नयाँ स्टाइलिस र एड्भान्स्ड इभीमा अपग्रेड गर्न, बोनस र नगद छुटमा अधिकतम १५ लाखसम्मको लाभ पाउन सक्नेछन्।
आइतबारसम्म चल्ने यो एक्सचेन्ज मेलाको पहिलो दिन ग्राहकहरुको उत्साहजनक सहभागिता रहेको छ । ग्राहकहरु दिपल, अवतार, नामी र सेरेसका इभीहरुमा ग्राहक झुमिरहेका थिए ।
त्यसैगरी, रोबोटका क्रियाकलाप र रेसिंग सिमुलेटरहरुले पनि भीडलाई आकर्षित गरेको थियो भने साना केटाकेटीहरु विभिन्न खेलमा रमाइरहेका थिए ।
एक्सचेन्ज मेलामा ग्राहकहरुले आफ्ना पुराना गाडीहरु साटेर सबैभन्दा स्टाइलिस र टेक्नोलोजिकल्ली एड्भान्स्ड इभीमा अपग्रेड गर्ने सक्नेछन् ।
काठमाडौंमा आयोजना हुने मुख्य कार्यक्रममा ग्राहकले दिपल, अवतार, नामी र सेरेस जस्ता नेपालका शिर्ष इभी ब्रान्डका चर्चित मोडलहरु एउटै स्थानमा अवलोकन गर्न र टेस्ट ड्राइभ गर्न पाउनेछन् ।
ग्राहकहरुले एक्सचेन्जमेलामा नेपालका शीर्ष पाँच रिकन्डिसन हाउसमार्फत् आफ्ना पुराना गाडीहरुको सर्वोत्कृष्ट मूल्यांकन गराउन सक्नेछन् ।
यसका साथै ग्राहकले एक्सचेन्जमा बोनस र नगद छुट पनि पाउनुहुनेछ जसबाट निश्चित मोडेलहरुमा अधिकतम १५ लाख रुपैयाँसम्मको लाभ पाउन सक्नेछन् ।
यो कार्यक्रममा बुकिंग गर्ने हरेक ग्राहकले नगरकोटस्थित प्रिमियम रिसोर्टमा एक जोडीले नाइट स्टेको पनि अफर पाउनुहुनेछ ।
एक्सचेन्ज कार्निभलमा पहिलो पटक अल्ट्रा प्रिमियम इलेक्ट्रिक एसयुभी अवतारलाई टेस्ट ड्राइभ गर्न सक्नेछ ।
काठमाडौंबाहेक नेपालभरका दिपल, नामी र सेरेसका सम्पूर्ण सोरुममा पनि एक्सचेन्ज कार्निभल आयोजना हुनेछ जहाँ ग्राहकले एक्सचेन्ज सुविधा, नगद छुट र अन्य धेरै अफर पाउनुहुनेछ ।
For more: Nepal’s Biggest EV Exchange Mela Offers