NEPALPAY QR ले शुभ लाभ अफर सुरु गर्‍यो

NEPALPAY QR Shuva Laav Offers
Share It On:

५ असोज, काठमाडौं । 

देशकै ठुलो चाड दशैँ र तिहारको अवसरमा NEPALPAY QR ले रोमाञ्चक “शुभ लाभ अफर” सुरु गरेको छ। अफर असोज ५ गतेबाट सुरु भई कात्तिक ३० गतेसम्म (सेप्टेम्बर २१–अक्टोबर १५, २०२४) लागू  हुनेछ।

NEPALPAY QR Shuva Laav Offer

यस अफर अन्तर्गत NEPALPAY QR स्क्यान गरी भुक्तानी गर्ने ग्राहकहरूले निश्चित क्यासब्याक प्राप्त गर्न सक्नेछन् र विभिन्न इलेक्ट्रोनिक्स सामानहरू उपहारमा जित्नको लागि भाग्यशाली चिट्ठामा सामेल हुनेछन्।

अफर अवधिमा रु. २०० वा सोभन्दा बढीको १० वा सोभन्दा बढी कारोबार गर्ने ग्राहकहरूले निश्चित रुपमा रु. २०० क्यासब्याक पाउनेछन् भने भाग्यशाली चिट्ठामा पनि सहभागी हुन पाउनेछन्।

भाग्यशाली चिट्ठामा स्मार्ट टिभी, वासिङ मेसिन, फ्रिज, माइक्रोवेभ ओभन, हिटर, एयर फ्रायर, र स्मार्टफोन जस्ता इलेक्ट्रोनिक्स सामानहरू समावेश छन्। ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ, वालेटहरू, र connectIPS बाट NEPALPAY QR स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्छन्।

यो अफर सबै स्थिर र गतिशील NEPALPAY QR मा लागू हुनेछ, तर गेटवे पेमेन्टहरूमा लागू  हुने छैन।

NEPALPAY QR नेपालQR मापदण्ड अन्तर्गतको राष्ट्रिय भुक्तानी स्विचको एउटा स्वतन्त्र QR योजना हो जसले QR को अन्तरसञ्चालनलाई व्यापारिक, जारीकर्ता र नेटवर्क स्तरमा सजिलो बनाउँछ। बैंक तथा वित्तीय संस्थाहरू (BFIs) र भुक्तानी सेवा प्रदायकहरू (PSPs) ले NEPALPAY QR नेटवर्कमा हालसम्म ६ लाखभन्दा बढी व्यापारिक साझेदारहरूलाई आबद्ध गरिसकेका छन्।

For more: NEPALPAY QR Shuva Laav Offer 


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *