NEPALPAY QR बिगमार्टमा भुक्तानी गर्दा हिरो स्कुटर जित्ने मौका
२० फागुन, काठमाडौं।
अब ग्राहकहरुले nepalpay QR स्क्यान गरी बिगमार्टको पोखरामा हालै खोलिएका पाँचवटा स्टोरहरुमा भुक्तानी गर्दा बम्पर उपहारमा एक थान हिरो स्कुटर जित्न सक्नेछन् ।
उक्त अफर बिगमार्टको फुलबारी, बगर, रामबजार, सितलादेवी र पसर््याङ्ग स्टोरहरुमा फाल्गुन १९ गतेबाट चैत्र १७, २०८० गतेसम्म उपलब्ध रहेको छ ।
पोखरामा रहेका बिगमार्टका स्टोरहरुमा रु ७५० भन्दा माथिको सामान खरिद गर्दा स्टोरमा रहेको Dynamic QR स्क्यान गरी भुक्तानी गरी उक्त अफरको लाभ उठाउन सकिनेछ ।
ग्राहकहरुले आफूसँग भएको कुनै पनि वाणिज्य बैंक, प्राय जसो विकास बैंक र फाइनान्स कम्पनीहरुको मोबाइल बैंकिङ्ग, वालेटहरु वा कनेक्टआईपीएस प्रयोग गरी NEPALPAY QR स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।
NEPALPAY QR नेशनल पेमेन्ट स्वीच अन्तर्गत QR भुक्तानीलाई एप वा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने नेपाल–क्युआर स्ट्याण्डर्डको पूर्वधार हो ।
बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले NEPALPAY QR मा ४ लाख ६५ हजार र SMART QR को २ लाख ५० हजार समेत गरी ७ लाख १५ हजार भन्दा बढि मर्चेन्टहरु आबद्ध गरेका छन् ।
थप जानकारीको लागि बिगमार्टको आधिकारिक सामाजिक सञ्जाल वा www.nchl.com.np मा जानुहोस् ।