नेपालका प्रविधि संस्था ‘असोसियो अवार्ड २०२५’ बाट सम्मानित
नेपाल बात एडुटेक इन्टरनेशनल प्रा.लि. का संस्थापक सञ्चालक जितेन्द्र पोद्दार ले प्रतिष्ठित अन्तर्राष्ट्रिय ASOCIO Start-up Award 2025 प्राप्त गर्न सफल भएका छन् ।
उनको नेतृत्वको कम्पनीले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्राविधिक नवप्रवर्तनलाई गौरवान्वित बनाएको छ। एडुटेकले पछिल्ला वर्षहरूमा नेपाली बजारमा अत्याधुनिक स्मार्ट बोर्ड, classroom solution र conference solution उपलब्ध गराउँदै शिक्षण र व्यवसायिक प्रस्तुतीकरणको पद्धतिलाई Digitized गर्नको लागी अत्याधुनिक AI-integrated स्मार्ट बोर्डमा काम गरिराखेको छ ।
प्रमुख रुपमा कम्पनीले Horion, Ainxys, Herman लगायतका ब्रान्डहरु मा काम गर्दै एडुटेक इन्टरनेशनल आज नेपालका अग्रणी विद्यालय, कलेज र कर्पोरेट संस्थाहरूको विश्वसनीय प्रविधि साझेदारको रूपमा स्थापित भएको छ।
यो उपलब्धि कम्पनीको नवप्रवर्तन, प्रतिबद्धता र डिजिटल शिक्षा क्षेत्रमा योगदानको उत्कृष्ट प्रमाण हो।असोसियो अवार्डले नेपाललाई क्षेत्रीय डिजिटल हबको रूपमा स्थापित गर्न सहयोग पुग्ने र यस्तो सम्मानले देशको प्रविधि कम्पनीहरूलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अघि बढ्न प्रेरणा दिने विश्वास लिएको छ ।
For More:-ASOCIO Award 2025 Nepal



