National Geographic को वृतचित्रमा नेपाली युवाको कथा

National Geography Documentary
Share It On:

२८ माघ  २०७७, काठमाडौं ।

विश्वका पाँच युवा उद्यमीको कथालाई समावेश गरी National Geographic Documentary Films ले निर्माण गरेको वृतचित्र ‘OWN THE ROOM’ मा नेपाली युवा उद्यमी सन्तोष पाण्डेको उद्यमी यात्राको कथा पनि समावेश भएको छ।

पाण्डे नेपालमा पहिलोपटक surprise planning तथा gifting सेवा भित्र्याउने कम्पनी Offering Happiness Pvt. Ltd. का सह-संस्थापक हुन् ।

सो कम्पनीले आफ्नो वेवसाइट मार्फत विगत ४ वर्ष देखि देश-विदेशमा बसोबास गर्दै आएका नेपालीहरुबीच gift तथा surprise आदान-प्रदान गर्ने सेवा दिँदै आएको छ ।

Emmy Award विजेताद्वय क्रिस्टिना कोस्ट्यान्टिनी र ड्यारेन फोस्टर द्वारा निर्देशित सो वृतचित्रको trailer फेब्रुअरी ९ मा सार्वजनिक भएको हो ।

अप्रिल २०१९ मा विश्वभरीका ५१ जना युवा उद्यमीहरुले Global Student Entrepreneurship Award Finals का लागि प्रतिस्पर्धा गरेका थिए ।

उक्त प्रतिस्पर्धीहरु मध्ये पाँचजना पृथक तथा प्रभावशाली उद्यम गर्दै आएका उद्यमीहरुको कथाहरुलाई समेटेर निर्माण गरिएको सो वृतचित्र मार्च १२ मा आधिकारिक रुपमा Disney+ मा सार्वजनिक हुने छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *