आज (कार्तिक ६ गते) को मौसम: पश्चिमी वायुको प्रभावले पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना
५ कात्तिक २०८२, काठमाडौं ।
मौसमी प्रणालीमा केही परिवर्तन देखिएको छ। मनसुन प्रणाली बाहिरिएसँगै खासै कुनै पनि मौसम प्रणालीको प्रभाव नरहेकोमा आजबाट पश्चिमी वायुको आंशिक प्रभाव देखिन थालेको छ ।
हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभागले दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने बताएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
यसैगरी आज राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
For more: Nepal Weather Update 5th Kartik 2082