विश्वकप वार्म-अप: आरिफ र दीपेन्द्रको सानदार ब्याटिङ, नेपालद्वारा यूएई ७ विकेटले पराजित
२० माघ काठमाडौँ।
आइसिसी पुरुष टी-२० विश्वकप २०२६ को तयारी स्वरूप खेलिएको वार्म-अप खेलमा नेपाली टोलीले संयुक्त अरब इमिरेट्स (यूएई) माथि ७ विकेटको सहज जित हात पारेको छ।
आरिफ र दीपेन्द्रको विष्फोटक साझेदारी १४६ रनको लक्ष्य पछ्याएको नेपालले सुरुवातमा केही विकेट गुमाए पनि आरिफ शेख र दीपेन्द्र सिंह ऐरीको अविजित शतकीय साझेदारीले खेललाई पूर्णतः नेपालको पक्षमा मोड्यो। नेपालले १७ ओभरमै मात्र ३ विकेट गुमाएर लक्ष्य प्राप्त गर्यो।
आरिफ शेख: ३७ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६१ रनमा नटआउट रहे।
दीपेन्द्र सिंह ऐरी: ३१ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ५० रनमा नटआउट रहे।
Advertisement
यसअघि ओपनर कुशल भुर्तेल र आसिफ शेख समान ८-८ रनमा आउट भए भने कप्तान रोहित पौडेलले १६ रन जोडे।
बलिङ प्रदर्शन टस जितेर फिल्डिङ रोजेको नेपालका लागि बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। करण केसीले पहिलो ओभरमै यूएईका कप्तान मोहम्मद वासिमलाई बोल्ड गरे।
करण केसी र सन्दीप लामिछानेले समान २-२ विकेट लिए भने दीपेन्द्र सिंह ऐरीले १ विकेट चट्काउनुका साथै एक रनआउट पनि गरे। यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो।
विश्वकपको यात्रा नेपालले अब आफ्नो दोस्रो वार्म-अप खेल माघ २२ गते क्यानडासँग खेल्नेछ। विश्वकपको समूह ‘सी’ मा रहेको नेपालले माघ २५ (फेब्रुअरी ८) मा इंग्ल्याण्डसँग खेल्दै आफ्नो मुख्य यात्राको सुरुवात गर्नेछ।
For more: Nepal vs UAE Warm-up Match 2026

